News Category 2077/09/02
विपन्न गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
चिसो मौसममा कोरोना भाइरसको जिवाणु बढी सक्रिय हुने भन्दै यसबाट जोगिन एक संस्थाको अगुवाईमा बिहीबार विपन्न तथा गरिबलाई स्वास्थ्य सामग्री निःशुल्क वितरण गरिएको छ ।
अमेरिकामा रहेका तराई क्षेत्रका नेपालीहरुको संगठन आन्टाको सहयोगमा राजदेवी युवा समाज राजविराजले ती विपन्न र गरिबलाई स्वास्थ्य सामग्री वितरण र कोभिड–१९ बाट कसरी जोगिने विषयमा चेतनामूलक कार्यक्रमसमेत गरेको छ ।
कार्यक्रम अन्तर्गत बिहीवार राजदेवी युवा समाजले राजविराज नगरपालिका वडा नम्बर ६, ९, ११ र १२ का झण्डै ४ सय ५० दलित तथा गरिब परिवारलाई डिटोल साबुन २ पिस, मास्क ४ पिस, भिटामिन कम्पलेक्स सिरप १ र १ थान थर्मामिटर वितरण गरिएको जनाइएको छ ।
यसअघि बुधवार पनि राजविराज नगरपालिका ११ झलही र राजविराज १२ सिंग्यौन लभका टोल का झण्डै १ सय ७६ परिवारलाई डिटोल साबुन २ पिस, मास्क ४ पिस, भिटामिन कम्पलेक्स सिरप १ र १ थान थर्मामिटर वितरण गरिएको थियो ।
वितरण समारोहमा उपस्थित भएका राजदेवी यूवा समाजका तर्फबाट यूवा अभियन्ता सुजित मण्डल, बसन्त यादव लगायतले कोरोना भाइरसबाट कसरी जोगिने र हात धुने तरिकाबारे सर्वसाधारणलाई जानकारी गराएका थिए ।
यता राजदेवी युवा समाजका अध्यक्ष सुजित मण्डलले अमेरिकामा बस्दै आएका साथीहरुको सहयोगमा चेतनामुलक कार्यक्रममै कोरोना भाइरसबाट जोगिन आवश्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको तथा यस कार्यक्रमलाई निरन्तरता दिने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ