News Category 2077/09/02
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता

दैनिक समाचारदाता
राजविराज, २ पुस ।
उखु किसानहरुको जारि आन्दोलनमा सप्तरीका किसानहरुले बिहीबार एक्यबद्धता जनाउँदै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेका छन् ।
जनता समाजवादी पार्टी नेपाल निकट किसान संघ सप्तरीको नेतृत्वमा सप्तरीका अगुवा किसानहरुले प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना बसेका हुन् ।
दिउँसो १२ बजेदेखि १ बजेसम्म उनीहरुले उखु किसानहरुको वक्यौता रकम भुक्तानी गर, धानको समर्थन मूल्य लागु गर, किसानलाई समयमा मल, खाद, बीऊ सहुलियत दरमा उपलब्ध गराउनुपर्ने मागसहित धर्ना बसेका हुन् ।
किसानहरुको समस्याप्रति सरकारले ध्यान नदिएको तथा उखु किसानहरुको मागलाई सम्वोधन गर्न ढिलाई भईरहेकोले दवाब स्वरुप आफुहरुले धर्ना कार्यक्रमलाई अगाडि बढाएको जसपाका नेता दिपेन्द्र चौधरीले बताए ।
उखु किसानहरु आन्दोलनप्रति एक्यबद्धता जनाउँन दिइएको धर्ना कार्यक्रममा जसपा केन्द्रीय सदस्य दिनेश कुमार यादव, दिपेन्द्र चौधरी, बिशेश्वर रजक, पुनम यादव, जिल्ला अध्यक्ष हरेराम यादव, युवा नेता बिनोद कुमार यादव, बिद्यार्थी नेता शम्भु यादव, रंजित यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ