News Category 2077/09/03
ग्लोबल २१ औं वर्षमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
ग्लोबल बहुमुखी सहकारी संस्था लि. राजविराजको शुक्रबार २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो अवसरमा अध्यक्ष सुखराम यादवले संस्थामा उत्कृष्ट काम गर्ने कर्मचारीदेखी स्वमसेवकसम्मलाई कदर पत्रबाट सम्मान गरेका छन् ।
साधारण सभामा अध्यक्ष यादवद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार संस्थाले आ.ब. २०७६÷७७ मा २७ करोड ८६ लाख १२ हजार ९ सय रुँपैया निक्षेप संकलन तथा २६ करोड ५६ लाख ५३ हजार ३ सय ६४ रुँपैया निक्षेप फिर्ता गरि १५ करोड १७ लाख ८५ हजार ६ सय ५४ रुँपैया ऋण लगानी गरेको छ ।
यस अवधीमा संस्थाले ४३ करोड ७३ लाख ६६ हजार ५ सय १३ रुँपैयाको कारोबार गरि १ लाख ५३ हजार २ सय रुँपैया खुद मुनाफा गर्न सफल भएको छ । २०७५ साल पुस २ गतेदेखी गरिबी निवारण, महिला स्वरोजगार, अनुसन्धान र विकास, बचत तथा ऋण लगायतका विभिन्न कार्यक्रम लिएर संचालनमा आएको सो संस्थाले हाल जिल्लाको सबै १८ वटै स्थानिय तहमा सेवा बिस्तार गरिसकेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक राजविराजका संचालक विश्वनाथ मण्डलले लामो समयदेखी शिक्षा, स्वास्थ्य, स्वरोजगार, गरिबी निवारण र आय आर्जनका क्षेत्रमा काम गर्दै आएका संस्थाले भावी दिनमा पनि अझ प्रभावकारी ढंगले आफ्ना कार्यक्रमहरु अघि बढाउन सकोस् भन्ने कामनासहित शुभकामना दिएका थिए ।
कार्यक्रममा लेखा संयोजक उमेश प्रसाद यादवले लेखा प्रतिवेदन तथा लघु बित्त प्रमुख पंकज पोखरेलले भावी नीति तथा कार्यक्रम बारे जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ