News Category 2077/09/03
माइक्रो काउन्टरमा तोडफोड
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
राजविराजस्थित दुई माइक्रो बुकिङ काउन्टरमा बिहीबारराती एक समूहले तोडफोड गरेका छन् ।
राजविराज नगरपालिका ४ स्थित छिन्नमस्ता यातायात प्रालि तथा वडा नं. ७ स्थित राजविराज ट्राभल्स एजेन्सी माइक्रो बस बुकिङ काउन्टरमा बिहीबार राती ९ बजेतिर तोडफोड भएको हो ।
काउन्टर बन्द गरि घर गएको बेला ५÷६ जनाको एक समूहले तोडफोड गर्नुका साथै कोठा भाडाका लागि दराजमा राखिएको ८० नगदसमेत लुटेर लगेको छिन्नमस्ता यातायात प्रालिका इन्चार्ज बिरेन्द्र साहले बताए ।
तोडफोडबाट टेबुल, कुर्सी, टेलिभिजन, दराज लगायतका गरि डेढ लाख बराबरको क्षति भएको उनले बताए । सोही समूहले राजविराज ट्राभल्स एजेन्सीको माइक्रो बस बुकिङ काउन्टरमा समेत तोडफोड गरि ५० हजार बराबरको क्षति पु¥याएको एजेन्सीका प्रमुख धिरेन्द्र बर्माले बताए ।
यता प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ