News Category 2077/09/03
आगलागिबाट जलेर एक बृद्धको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
राजविराज नगरपालिका वडा नं. १६ बोरियामा शुक्रबार बिहान आगलागि हुँदा एक बृद्धको जलेर मृत्यु भएको छ ।
विद्युत सर्ट भई भएको आगलागिमा बोरिया टोलका मिश्रिलाल यादवका ८५ वर्षिय बुबा झलाई यादवको मृत्यु भएको हो ।
खाना खाएर राती १० बजेतिर घरआंगनमै रहेको गोठमा सुतेका उनी बिहान ३ बजेतिर अचानक विद्युत सर्ट भई आगलागि हुँदा भाग्न नसकेर जलेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
टिनको छाना तथा फुस र टाटीको बेराले बनेको घरका साथै लत्ता कपडा, भाडाकुडा, खाद्यान्नलगायतका सरसामान जलेर नष्ट हुँदा करिब ३ लाख रुँपैया बराबरको क्षति भएको मृतकका छोरा मिश्रिलालले बताए ।
यता आगलागिमा एक चौपायसमेत जलेर मरेका छन् । राजविराज नगरपालिकाको बारुणयन्त्र, स्थानियवासी र प्रहरीको मद्धतले एक घण्टको प्रयासपछि आगोमाथी नियन्त्रण लिइएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको डिएसपी साहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ