News Category 2077/09/05
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस र लगत्तै राष्ट्रिपतिद्वारा गरिएको अनुमोदनको बिरोधमा सत्ताधारी दलकै नेता तथा कार्यकर्ताहरुले आइतबार राजविराजमा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीको पुतला दहन गरेका छन् ।
उनीहरुले उक्त कदमलाई असंबैधानिक भन्दै न्यायका लागि अदालत जानुका साथै सडक तताउने घोषणा समेत गरेका छन् ।
राजविराजस्थित नेकपा जिल्ला पार्टी कार्यालयबाट निस्केको बिरोध जुलुसमा प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गर्नुका साथै जनआन्दोलन चौकमा पुगेर उनको पुतला दहन गरेका हुन् ।

बिरोध प्रदर्शन पश्चात् आयोजित सभालाई सम्बोधन गर्दै सहभागि वक्ताहरुले उक्त कदमलाई निरंकुशशैली र असंबैधानिक कदमको संज्ञा दिँदै यस बिरुद्ध आदालत जानुका साथै चरणबद्ध आन्दोलनका कार्यक्तमहरु सार्वजनिक गर्ने बताए ।
बिरोध प्रदर्शनमा नेकपा जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य रामप्रित पासवान, जिल्ला अध्यक्ष अशोक कुमार मण्डल, जिल्ला सचिव एवं प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, पूर्वमन्त्री उमेश यादव, महेश यादव, देवनाथ यादवलगायत ठूलो संख्यामा जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरु सहभागि थिए ।
यस्तै आइतबारै जनता समाजवादी पार्टी नेपाल सप्तरीका नेता तथा कार्यकर्ताहरुले समेत प्रधानमन्त्री सो कदम बिरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहन गरेका छन् ।
जसपाका केन्द्रिय सदस्य दिनेश यादव, जिल्ला नेता निरज मुक्ति, सुनिल झा लगायत नेताहरुको सहभगितामा प्रधानमन्त्री बिरुद्ध चर्का नाराबाजी गर्दै बिरोध जुलुसले राजविराज परिक्रमा गरेको थियो ।
परिक्रममा पश्चात् जनआन्दोलन चौकमा सम्पन्न बिरोध सभामा उनीहरुले प्रधानमन्त्रीको पुतला समेत जलाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ