News Category 2077/09/06
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालस्मा विगत चार दिनदेखी वेवारिसे अवस्थामा रहेका एक यूवकको उपचार भइरहेको छ ।
बोल्न र लेख्न नसक्ने ती २० वर्षिय यूवकको अस्पतालको आकस्मिक कक्षको शैया नं. ९ मा उपचार भइरहेको छ ।
शुक्रबार बिहान पूवपश्चिम राजमार्ग अन्तरगत सप्तरीको विषणपुर खण्डमा घाइते अवस्थामा फेला पारि उपचारका लागि अस्पताल भर्ना गराइएको थियो ।
सप्तरीको राजगढ गाउँपालिका ३ निवासी श्याम यादव मोटरसाइकल चढेर घरतर्फ जाँदै गर्दा गरेको अवस्थामा ती यूवालाई सडकमा घाइते अवस्थामा देखेपछि उद्दार गरि अस्पताल पु¥याएका थिए ।
ती यूवाको खुट्टामा गहिरो चोट देखिएको छ । उनको मानवीय संवेदनशिलताका कारण अस्पतालका चिकित्सिक र नर्सहरुले निशुल्क उपचार गरिरहेका छन् भने अस्पतालमा सुरक्षाका लागि खटिएका प्रहरी बिटका इन्चार्ज हवल्दार रामशंकर यादवले खानेकुरा र न्यानो लुगाको व्यवस्था गरिदिएका छन् ।
उनलाई खानाखाजा फलफुल र दुध समेत आफ्नै व्यक्तिगत खर्च गरेर प्रबन्ध मिलाएका प्रहरी हवल्दार यादवले बिरामीको ठेगाना र आफन्त पत्ता लगाउन आफूहरु पहल गरिरहेको र अरुलाई पनि सहयोगका लागि आग्रह गरेका छन् ।
यता मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले ती बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आफन्त पत्ता लगाई सहयोगका लागि सबैसाग अनुरोध गरेका छन् ।
उनलाई थप उपचारको आवश्यकता रहेपनि आफन्त कोही नहुँदा बाहिर पठाउन नसकिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ