News Category 2077/09/08
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम खारेज तथा रेशम चौधरीको रिहाईको माग
चन्दनकुमार यादव
राजविराज, ८ पुस ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीले बुधबार राजविराजमा बृहत प्रदर्शन गरेको छ ।
असंबैधानिक प्रतिनिधिसभा विघटनको बिरोधमा गरिएको प्रदर्शनका क्रममा रेशम चौधरीको रिहाइको माग समेत गरिएको छ ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुस नगर परिक्रमा पश्चात् सहिद दशन चौकमा पुगि सभामा परिणत भएको थियो । सो प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध चर्को नाराबाजी तथा रेशम चौधरी लगायत अन्य नेता कार्यकर्तामाथी लगाइएको झुठा मुद्दा खारेजीको माग पनि गरिएको छ ।
जसपा नेता केदार यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, विघटित प्रतिनिधिसभा सदस्य रेणु यादव, प्रदेशसभा सदस्य नेत्र विक्रम साह, अभिशेख यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, विद्यार्थी नेता शम्भु यादव, विकास तिवारी, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर यादव लगायतले सभालाई सम्बोधन गर्दै गणतन्त्र र लोकतन्त्र बिरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिले षडयन्त्र गरेको आरोप लगाए ।
उनीहरुले जनताको रगतबाट स्थापित भएको अधिकार कुनै पनि हालतमा गुम्न नदिने र आन्दोलनबाटै अधिकार खोसेर लिने चेतावनी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ