News Category 2077/09/09
दुई फरार प्रतिबादी पक्राउ पछि धरौटीमा रिहा एक धरौटी बुझाउन नसक्दा करागार चलान
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
विभिन्न अपराधमा संलग्न रही फरार रहेका दुई प्रतिवादी पक्राउपछि धरौटीमा तारेखमा रिहा भएका छन भने एक जना धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन ।
रिहा भएका मध्ये एक जना सामुहिक बलात्कारका पंच पनि धरौटीमा रिहाका भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका सप्तरीको खडक नगरपालिका १ बस्ने २६ वर्षीय दिपक मण्डल सप्तरी जिल्ला अदालतको आदेशानुसार ५० हजार धरौटी रकम तिर्न नसक्दाँ विहिबार कारागार चलान भएका हुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत मंसिर ९ गते सोही नगरपालिका निवासी अमित साहको मोटरसाइल चोरी गरी फरार भएका उनलाई प्रहरीले पक्राउ गरी चोरी मुद्दामा कारबाही अघि बढाउदै अदालत समक्ष पेश गरेको थियो ।
अदालत बाट ५० हजार धरोटी माग हुँदा तिर्न नसकेका उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
त्यस्तै सामुहिक जवरजस्ती करणी र आत्महत्या दुरुत्साहन मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका ७ का ४५ वर्षीय शत्रुधन मण्डल अदालतको आदेश पछि २ लाख रुपैयाँ धरौटी बुझाउदै तारेखमा रिहा भएका छन ।
गत भाद्र ३० गते सोही नगरपालिकामा भएको एक सामुहिक बलात्कार र पीडित बालिकाद्वारा आत्महत्याको घटनापछि फरार रहेको मण्डललाई बुधबार प्रहरीले राजविराजबाट पक्राउ गरी अदालत समक्ष पेश गरेको थियो । उनी माथि सामुहिक बलात्कारको घटना पञ्चायतीद्वारा मिलाउन पञ्चको रुपमा भुमिका निर्वाह गरेको आरोप छ । पीडकलाई सजाय दिलाउनुको साटो पञ्चायतीको माध्यमले पीडित पक्षलाई रकमको प्रलोभन देखाइ घटना ढाकछोप गर्न उनी पञ्चको रुपमा खटेको पाइएको प्रहरीको भनाइ छ ।
त्यस्तै ठगी मुद्दामा फरार रहेका डाकनेश्वरी २ का प्रकाश चौधरी पक्राउपछि अदालतको आदेशमा ५० हजार धरौटी बुझाइ तारेखमा रिहा भएका छन । सोही वडा निवासी राम प्रसाद यादवको गत ०७६ साउन ८ गतेको जाहेरीले ठगी मुद्दामा कारबाही चलाइए पछि फरार भएका चौधरीलाई गाउँमे लुकेको अवस्थामा पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ