News Category 2077/09/09
भुकम्पले भत्किएको विद्यालय र स्वास्थ्य चौकीलाई नयाँ संरचना हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
बि.स. २०७२ सालको विनाशकारी भुकम्पबाट क्षति भएका सप्तरीका एक विद्यालय र स्वास्थ्य चौकीको संरचनालाई नयाँ शैलीमा मर्मत तथा निर्माण गरि हस्तान्तरण गरिएको छ ।
राजविराज ७ स्थित राष्ट्रिय आधारभुत विद्यालय र वडा नं. १ डुमरीस्थित स्वास्थ्य चौकीलाई नयाँ निर्माण तथा पहिलेदेखी जिर्ण अवस्थामा रहेका भवन संरचना मर्मत सम्भार गरि हस्तान्तरण गरिएको हो ।
विद्यालय तथा स्वास्थ्य संस्थाको सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र राजविराज नगरपालिकाको समन्वयमा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, राजविराजले नवनिर्मित तथा मर्मत सम्भार गरिएका संरचनाहरु एक कार्यक्रमबीच बिहीबार विद्यालय र स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।
केन्द्रद्वारा संचालित संस्थागत खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन परियोजना अन्तरगत विद्यालयमा ४ लाख ३१ हजार ५४ रुँपैयाको लागतमा हात धुने स्थानको नवनिर्मित संरचनासहित मर्मत सम्भार गरिएका दुई वटा शौचालय, दुई वटा युरिनल, एउटा सेफ्टी ट्याङ्क, एक कक्षा कोठा, हाते कल, हातधुने स्टेशन, नवनिर्मित पर्खाल लगायतका भवन र संरचना हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् । सोही क्रममा विद्यालयका बालबालिकालाई सुरक्षा सामाग्रि किटसमेत बितरण गरिएको छ ।
यस्तै राजविराज १ डुमरीस्थित स्वास्थ्य चौकीलाई पनि २ लाख ८७ हजार ९ सय ४५ रुँपैयाको लागतमा निर्माण गरिएको टायल्ससहितको हात धुने स्थानको निर्माण, मर्मत सम्भार गरिएका दुई शौचालय, दुई युरिनल, सेफ्टी ट्याङ्क, पानी तान्ने मोटर, हातेकल लगायतका सामाग्रि, भवन र संरचनाहरु हस्तान्तरण गरिएको छ ।
भवन, संरचना र सामाग्रि हस्तान्तरण भन्दा अगाडी प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत मदन बहादुर थापा, शिक्षा अधिकृत भोगेन्द्र यादव सहितको टोलीले त्यसको अनुगमन समेत गरेका थिए । सो क्रममा उनीहरुले केन्द्रको कामको प्रशंसा गर्दै प्राप्त सहयोगको सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
भुकम्पले प्रभावित भवन तथा थप आवश्यक देखिएका भवन संरचना निर्माण गर्न २०७६ माघदेखी केन्द्रले निर्माण कार्य अघि बढाएको परियोजना अधिृकत भुपेश कुमार भुपले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ