News Category 2077/09/10
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु
दैनिक समाचारदाता
राजविराज, १० पुस ।
नेपाल रास्ट्र बैंकको हरेक नागरिकको बैंकमा पहँुच नीति अन्तरगत एनएमबी बैंकले सप्तरीका दुई स्थानीय तहमा शाखारहित बैंकिङको प्रारम्भ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ स्थित तोपा चौक र तिरहुत गाउँपालिका वडा नं. ४ स्थित डिमनमा शुक्रबार सो शाखारहित बैकिङको उद्घाटन गरेको छ ।
तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एनएमबी बैंक प्रदेश नम्बर २ का अपरेसन हेडष्स् िसबिन अर्जेलले बैंकमा सबै नागरिकको पहँुच गराउने उद्देश्य रहेको जानकारी दिएका छन् ।
उनले शाखारहित बैंकिङमा उपकरणको प्रयोग गरि फिङगर प्रिन्ट र डेविट कार्डको माध्यमबाट सजिलै खाता खोल्न सकिने, रकम जम्मा, निकाल्न, मोवाईल रिचार्ज, डिसहोम रिचार्जका साथै बिजुलीको बिल बुझाउन लगायतका सुविधा रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बहरखेरले बैंकको सेवामूलक शाखारहित बैंकिङ प्रणलीबाट गाउँपालिकाका आम नागरिकले अब बैंकिङ सेवाको लागि बाहिर जानुपर्ने झन्झट मुक्त भएको जिकिर गरे ।
उनले आउदो दिनमा तिरहुत गाउपालिकामा शाखारहित होईन शाखासहितको एनएमबी बैंकको लागि पहल गर्ने समेत बताए ।
कार्यक्रममा एनएमबी बैंक तिलाठी कोईलाडीका म्यानेजर दिपेन्द्र दासले यस शाखाको मातहतमा रहि दुवै शाखारहित बैंकिङ सेवाका एजेन्टले काम गर्ने जानकारी दिए । दासले तिलाठी कोईलाडी वडा नं. ८ तोपामा रेखा यादव र तिरहुत वडा नं. ४ डिमनमा विनिता कुमारी यादवलाई एजेन्टको जिम्मेवारी दिएको समेत जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ