News Category 2071/02/17
सात जना जुवाडे नगदसहित पक्राउ
दैनिक संवाददाता
राजविराज, १६ जेठ ।
प्रहरीले सप्तरीको बसबिट्टी गाविसबाट कौडा खेलिरहेको अवस्थामा ७ जना जुवाडेहरुलाई जुवा खेलिरहेको अवस्थामा बिहीबार दिउँसो पक्राउ गरेको छ ।
बसबिट्टी गाविस वडा नं. ७ स्थित बाँसघारीमा कौडा खेलिरहेको अवस्थामा १६ थान कौडासहित, ६ थान मोबाइल, नगद रु. १ लाख ३ हजार ६ सय ८४ रुँपैया, दुई वटा मोटरसाइकल र दुई थान साइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा बसबिट्टी गाविस ७ निवासी विद्यानन्द ठाकुर, महदेवा ७ निवासी भागवत अधिकारी, राजविराज ५ निवासी गुलाब यादव, पातो ४ निवासी डोमी मुखिया, मलेठ ६ निवासी राकेश दास, मलेठ ६ निवासी बिजयकुमार दास र बसबिट्टी ७ निवासी श्याम दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
विशेष सूचनाको आधारमा ७ जना जुवाडेहरुलाई पक्राउ गरि जुवा ऐन २०२० अन्तरगत कानुनी कारवाहीका लागि जिल्ला अदालतमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच सोही पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक दिनेश अमात्यले ७५ जिल्ला मध्ये सप्तरीको नेतृत्व उत्कृष्ठ रहेकोले संगठनको सिफारिसमा “प्रवल जनसेवा श्री चतुर्थ” बाट सम्मानित भएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
- 2082/10/25 मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते
- 2082/10/25 पिएम कपमा सप्तरीको दोस्रो जित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ