News Category 2077/09/13
संसद विघटन बिरुद्ध काँग्रेसको सबै क्षेत्रमा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले प्रतिनिधीसभा विघटन बिरुद्ध सोमबार सप्तरीका सबै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरेको छ ।
संसद विघटनको निर्णय असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै सो कदम फिर्ता लिन प्रदर्शनका क्रममा माग गरिएको छ ।

सदरमुकाम राजविराजमा राजरंगशालाबाट निस्केको जुलुस सर्वसत्तावादी ओली सरकार मुर्दावाद, संसद विघटनको असंबैधानिक कदम खारेज गर, जनता कोरोनाको मारमा नेकपा सरकार सत्ताको जितहारमा लगायतका नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो ।

नगरपरिक्रमा पश्चात् आयोजित बिरोधसभालाई क्षेत्रिय सभापति महानन्द यादव, काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, प्रदेशसभा सदस्य गिता यादव, राजविराज नगर सभापति शम्भुलाल देव लगायतले सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को असंबैधानिक कदम चालेर लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको भन्दै सरकार बिरुद्ध अन्तिम लडाई लड्ने चेतावनी दिएका थिए ।

यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं. १ भारदहमा पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, पूर्वमन्त्री हेमराज तातेड तथा क्षेत्रिय सभापति बद्री महात्मानले सम्बोधन गरेका थिए । त्यस्तै क्षेत्र नं. ३ को रुपनीमा काँग्रेस जिल्ला सभापति दिनेश यादव, क्षेत्रिय सभापति रामप्रसाद मण्डल, प्रदेशसभा सदस्य समिमले सम्बोधन गरेका थिए भने क्षेत्र नं. ४ स्थित सुरुङ्गा नगरपालिकाको धातीमा विघठित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देव, क्षेत्रिय सभापति किरण भगतलगायतले सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ