News Category 2077/09/15
१७ वर्षदेखी फरार प्रतिवादी पक्राउ, विभिन्न अभियोगका तीन जना कारागार चलान
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका प्रतिवादीलाई पक्राउ गर्न अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीले अभियान चलाएपछि धमाधम प्रतिवादीहरु पक्राउ पर्न थालेका छन् ।
यसैबीच प्रहरीले विभिन्न अभियोगका तीन जना प्रतिवादीलाई पक्राउ गरि अदालतसमक्ष बुझाएपछि अदालतको आदेशले उनीहरु कारागार चलान भएका छन् ।
सप्तरी प्रहरीले विगत १७ वर्षदेखी रहजनी चोरी मुद्दामा अदालतबाट कैद सजाय पाई फरार रहेका एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ ।
जिल्लाको कंचनरुप नगरपालिका ५ निवासी ३९ वर्षिय देवकान्त यादव रहजनी मुद्दामा १७ वर्षदेखी फरार रहेकोमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई अदालतले कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ ।
बि.स. २०६० असोज २७ गते उक्त मुद्दामा सुनुवाई गर्दै अदालतले यादवलाई २ महिना २४ दिन कैद सजायको फैसला सुनाएको थियो तर सोही समयदेखी उनी फरार थिए । सो फैसलापछि फरार रहेका यादवलाई आफ्नै घरमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरि प्रहरीले अदालतसमक्ष उपस्थित गराएको थियो ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जबरजस्तीकरणी उद्योग मुद्दामा पक्राउ परेका सप्तरीको सुरुङ्गा नगरपालिका ८ बस्ने १८ वर्षिय गुदर राम बुधबार कारागार चलान भएका हुन् ।
अघिल्लो दिन पक्राउ परि सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा ३ लाख धरौटी माग हुँदा तिर्न नसकेका रामलाई बुधबार राजविराज कारागर चलान गरिएको छ ।
यस्तै अपहरण मुद्दाका आरोपी सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी २५ वर्षिय सुरेन्द्र यादव पनि अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ