News Category 2077/09/16
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
नेपाली काँग्रेस सप्तरीले ४५ औं राष्ट्रिय एकता मेलमिलाप दिवसको अवसरमा बिहीबार राजविराजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रममा वक्ताहरुले राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै भएको बताएका छन् ।
वक्ताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको उल्लेख गर्दै जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य भएको स्पष्ट पारेका छन् । बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेकोले मेलमिलाप नीतिको मूल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियोे, आज पनि त्यही नै हाम्रो साझा र मूल बाटो रहेको बताए ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रिय सदस्य रामकुमार चौधरी, राष्ट्रिय मुस्लिम संघका उपाध्यक्ष फत्ते मोहम्मद, डा. सुबोध पोखरेल, डा. अनिल झा, शम्भुनाथ नगरपालिका नगर सभापति दिपेन्द्र चौधरी, कंचनरुप नगरपालिका उपप्रमुख निरु पोखरेल, क्षेत्र नं. ४ का सभापति किरण भगत, क्षेत्र नं. २ का सभापति महानन्द यादव लगायतले राष्ट्रिय एकता मेलमिलाप दिवसको औचित्य बारे प्रकाश पारेका थिए । जिल्ला सचिव शत्रुधन प्रसाद यादवद्वारा संचालित कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रभुनारायण चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कांग्रेस संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नुभएको दिन पुस १६ गतेका अवसरमा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ