News Category 2071/02/17
नगरपालिका अधिकृतले गरे खेलकुदका अध्यक्षलाई दुव्र्यबहार
दैनिक संवाददाता
राजविराज, १६ जेठ ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष दशरथ प्रसाद गुप्ताले राजविराज नगरपालिका कार्यालय प्रमुख एवं कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले आफुलाई अपमान एवं दुव्र्यबहार गरेको बताउनु भएको छ ।
अध्यक्ष गुप्ताले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि आफू र प्रशासकिय अधिकृत महेन्द्र प्रसाद यादव मंगलबार नगरपालिका कार्यालयमा खेलकुद गराउनका लागि रु. एक लाखको प्रस्तावना पत्र लिएको गएपछि अधिकृत गुरुङ्गले सो पत्र च्यातेर डस्टबिनमा फ्याली आफूहरुलाई कार्यकक्षबाट बाहिर निस्कन भन्दै अपमान गरेको आरोप लगाउनु भयो ।
उहाँले जिल्लामा खेलकुद गतिविधी गराउनका लागि राष्ट्रिय स्तरको वर्षभरीमा चार वटा योजनाका लागि मात्र बजेट आउने गरेको भन्दै जिल्ला स्तरिय खेलकुदका लागि युवा तथा खेलकुद मन्त्रालयले स्थानिय निकायको सहयोगमा खेलकुद गराउन स्पष्ट रुपमा भनेपछि सोही अनुसार नगरपालिकामा प्रस्तावना पत्र लिएर गएको जानकारी दिनुभयो ।
पूर्वाञ्चल सुटिङ्ग र जिल्ला स्तरिय फुटबल प्रतियोगिता गराउनका लागि जिल्ला खेलकुद विकास समितिमा विभिन्न कर्मचारी र खेलकुद प्रशिक्षकहरुसँग छलफल गरि निर्णय गरे बमोजिम नगरपालिकासँग सहयोगका लागि प्रस्ताव लिएर गएको अध्यक्ष गुप्ताको भनाई छ ।
सोही पत्रकार सम्मेलनमा खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले अध्यक्ष गुप्तामाथी भएको दुरव्यबहारप्रति घोर निन्दा गर्दै कार्यालय प्रमुखमाथी कारवाहीको माग गर्नुभएको छ ।
यस्तै जिल्ला सुटिङ्ग संघका अध्यक्ष शशिकला मानन्धरले जिल्लामा खेलकुदका लागि नगरपालिकामा कुनै प्रस्ताव लिएर जाँदा पत्र च्यातेर डस्टबिनमा फ्याल्नु अति नै दुःखदायि घटना भएको भन्दै घटनाको भत्र्सना गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
- 2082/11/03 शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
- 2082/11/03 उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ