News Category 2077/09/16
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
प्रदेश २ का भूमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीको मर्म अनुसार काम नगरेका त्यस्ता सहकारी संस्थाहरुको दर्ता नै खारेज गर्ने गरि योजना बनाएको बताएका छन् ।
राजविराजमा बिहीबार जिल्ला सहकारी संघ लिमिटेडको १२ औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रदेश २ मा ७ हजार भन्दा बढी रहेका सहकारी संस्थाहरु मध्ये धेरै जसो सहकारीताको मर्म बमोजिम सन्तोषजन ढंगले अझै काम गर्न नसकेको भन्दै उनले उद्देश्य अनुसार काम गर्न दवाव दिने उद्देश्यले पनि यस्तो योजना बनाइएको उल्लेख गरे ।
साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले दर्ता गरेर मात्र बसेका सहकारी संस्थाहरुको संख्या अधिक रहेको भन्दै तथा कमजोर अवस्थामा रहेका सहकारी संस्थालाई मर्ज गर्ने योजना समेत बनाएको जानकारी दिए ।
यस्तै उनले किसानलाई प्रोत्साहन गर्न उनीहरुको उत्पादन सरल र सहज रुपमा बजारसम्म पु¥याउने र प्रदेशका मुख्य सहरहरुमा सहकारी पसल संचालनमा ल्याउने तयारी समेत अन्तिम चरणमा पुगेको जानकारी पनि दिए ।
प्रदेशलाई कृषि मार्फत समृद्ध बनाउन प्रदेश स्तरिय एकिकृत योजना अन्तरगत सिरहाको गोलबजारमा प्रदेश स्तरिय सहकारी तालिम केन्द्र, पशुपालन ब्यवसाय तथा श्रोत केन्द्र निर्माणका लागि १ सय ६५ विगहा जग्गा खरीद गरिसकिएको उनले जानकारी दिए ।
प्रदेश २ लाई सहकारी मैत्री प्रदेश बनाउने योजना रहेको बताउँदै मन्त्री साहले ८ वटै जिल्लामा शितभण्डार निर्माण, पावर प्लान्ट निर्माणका साथै दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानलाई प्रति लिटर २ रुँपैया अनुदानदेखी कोरोनाको मारमा परेका किसानलाई ४ महिनासम्मको ऋणको ब्याज मिनाहा लगायतका किसान मैत्री कार्यक्रमहरु अघि बढिसकेको जनाए ।
जिल्ला सहकारी संघका अध्यक्ष बिनोद दत्ताको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रिय सहकारी संघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु बहादुर खडका, जसपा प्रदेश २ का सचिव दिनेश यादव, जिल्ला सहकारी संघकी प्रवक्ता माला कर्ण, पत्रकार बैजनाथ झालगायतले पनि बोल्दै कृषि क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानिय गरि तीनै तहका सरकार समन्वय र सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ