News Category 2077/09/16
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
प्रदेश २ का भूमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीको मर्म अनुसार काम नगरेका त्यस्ता सहकारी संस्थाहरुको दर्ता नै खारेज गर्ने गरि योजना बनाएको बताएका छन् ।
राजविराजमा बिहीबार जिल्ला सहकारी संघ लिमिटेडको १२ औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रदेश २ मा ७ हजार भन्दा बढी रहेका सहकारी संस्थाहरु मध्ये धेरै जसो सहकारीताको मर्म बमोजिम सन्तोषजन ढंगले अझै काम गर्न नसकेको भन्दै उनले उद्देश्य अनुसार काम गर्न दवाव दिने उद्देश्यले पनि यस्तो योजना बनाइएको उल्लेख गरे ।
साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले दर्ता गरेर मात्र बसेका सहकारी संस्थाहरुको संख्या अधिक रहेको भन्दै तथा कमजोर अवस्थामा रहेका सहकारी संस्थालाई मर्ज गर्ने योजना समेत बनाएको जानकारी दिए ।
यस्तै उनले किसानलाई प्रोत्साहन गर्न उनीहरुको उत्पादन सरल र सहज रुपमा बजारसम्म पु¥याउने र प्रदेशका मुख्य सहरहरुमा सहकारी पसल संचालनमा ल्याउने तयारी समेत अन्तिम चरणमा पुगेको जानकारी पनि दिए ।
प्रदेशलाई कृषि मार्फत समृद्ध बनाउन प्रदेश स्तरिय एकिकृत योजना अन्तरगत सिरहाको गोलबजारमा प्रदेश स्तरिय सहकारी तालिम केन्द्र, पशुपालन ब्यवसाय तथा श्रोत केन्द्र निर्माणका लागि १ सय ६५ विगहा जग्गा खरीद गरिसकिएको उनले जानकारी दिए ।
प्रदेश २ लाई सहकारी मैत्री प्रदेश बनाउने योजना रहेको बताउँदै मन्त्री साहले ८ वटै जिल्लामा शितभण्डार निर्माण, पावर प्लान्ट निर्माणका साथै दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानलाई प्रति लिटर २ रुँपैया अनुदानदेखी कोरोनाको मारमा परेका किसानलाई ४ महिनासम्मको ऋणको ब्याज मिनाहा लगायतका किसान मैत्री कार्यक्रमहरु अघि बढिसकेको जनाए ।
जिल्ला सहकारी संघका अध्यक्ष बिनोद दत्ताको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रिय सहकारी संघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु बहादुर खडका, जसपा प्रदेश २ का सचिव दिनेश यादव, जिल्ला सहकारी संघकी प्रवक्ता माला कर्ण, पत्रकार बैजनाथ झालगायतले पनि बोल्दै कृषि क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानिय गरि तीनै तहका सरकार समन्वय र सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ