News Category 2077/09/18
सप्तरीमा हाल १३ जना संक्रमित, सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
दैनिक समाचारदाता
राजविराज, १७ पुस ।
सप्तरीमा हाल १३ जना कोरोना संक्रमति रहेका छन् । ती सबै होम आइसोलेशनमा रहेका छन् ।
संक्रमितहरु आइसोलेशन केन्द्रमा बस्न नचाहेर उनीहरुकै इच्छा अनुसार स्वास्थ्य मापदण्ड अपनाउने शर्तमा होम आइसोलेशनमा बस्ने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता जिल्लामा कायम रहेका पाँच आइसोलेशन केन्द्र मध्ये हाल सबै खाली अवस्थामा रहेका छन् । यसअघि १८ वटा स्थानिय तह मध्ये सबैमा क्वारेन्टाइन र पाँच स्थानिय तहमा आइसोलेशन केन्द्र स्थापना गरिएको थियो ।
राजविराजस्थित साइकृष्णा मेडिकल कलेज, कंचनरुप, बोदेबरसाइन, खडग नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका आइसोलेशन केन्द्र संचालनमा रहे पनि ती सबै खाली अवस्थामा छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लामा संक्रमित नभएर आइसोलेशन केन्द्रहरु खाली नभएको बताउँदै संक्रमितहरु होम आइसोलेशनमै बस्न इच्छा व्यक्त गरेकाले उनीहरुलाई स्वास्थ्य मापदण्डको पालना गर्ने शर्तमा घरमै ब्यवस्थापन गरेको जानकारी दिएका छन् ।
जिल्लामा हालसम्म २१ हजार ९८ जनाको स्वाव परिक्षण गरिसकिएको जानकारी दिँदै प्रमुख यादवले ती मध्ये १ हजार ८ सय २९ जनामा संक्रमण पुष्टि भएको र बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको बताए । उनका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमित ४१ जनाको मृत्यु भएको छ ।
कोरोनाको जोखिम अहिले पनि रहँदा रहँदै संक्रमणबाट जोगिने उपाय तथा सावधानीमा लापरवाही देखिएकोप्रति चिन्ता व्यक्त गर्दै जिल्ला स्वास्थ्य प्रमुख यादवले आवश्यक सावधानी अपनाएर मात्र आ–आफ्ना गतिविधी संचालन गर्न सबैमा आग्रह समेत गरेका छन् ।
पछिल्लो चरणमा हाल दैनिक १५ देखी २० जनासम्मको स्वाव परिक्षण भइरहेको र ती मध्ये दैनिक १ देखी ३ जनासम्ममा संक्रमण पुष्टि हुने गरेको उनको भनाई छ । यता विद्यालयहरुमा बनाइएका क्वारेन्टाइन केन्द्र पठनपाठन सुरु भएपछि बन्द गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ