News Category 2077/09/18
चट्याङ लागेर मृत्यु भएका चारै जनाका परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
राजविराज÷चट्याङ लागेर गत असार १५ गते एकै दिन मृत्यु भएका चारै जनाका परिवारजनलाई शनिबार प्रदेश २ सरकारले आर्थिक सहयोग प्रदान गरेको छ ।
प्रदेश २ सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराजस्थित आफ्नै सम्पर्क कार्यालयमा एक कार्यक्रमबीच मृतक चारै जनाका परिवारजनलाई राहत स्वरुप एक÷एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
चट्याङ लागेर गत असार १५ गते एकै दिन सप्तरीको महदेवा गाउँपालिकाका नकछेदी ठाकुर, बेचन यादव, राजगढ गाउँपालिकाका केसीलाल साह र डाक्नेश्वरी नगरपालिकाकी ललिता देवी यादवको मृत्यु भएको थियो ।
मन्त्री साहले नकछेदीकी पत्नी बिणा, बेचनकी पत्नी रुबी, केसीलालकी पत्नी शिवकुमारी र ललितादेखीका छोरा बिषणप्रसादलाई सो आर्थिक राहत प्रदान गरे ।
चट्याङ जस्तो प्रकोपमा परेर मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारका तर्फबाट जिविकोपार्जन स्वरुप सानै रकम भएपनि सहयोग गरेको बताए ।
यता मृतकका परिवारजनले प्रदेश सरकारबाट उपलब्ध गराइएको सहयोग रकमबाट आफूहरुको जिवनयापनमा सहज हुने भन्दै खुशी व्यक्त गरेका छन् ।
यस्तै सोही अवसरमा मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै सरकारी विद्यालयलाई एक÷एक थान थर्मलगन समेत उपलब्ध गराएका छन् ।
कोरोनाको जोखीम कायमै रहेकाले विद्यालयमा आउने बालबालिकालाई स्वास्थ्य जाँचमा सहयोग पुगोस भन्ने सोचका साथ सानो सहयोग स्वरुप एक एक थान थर्मलगन बितरण समेत गरिएको मन्त्री साहले बताए ।
मृतकका परिवारलाई रकम तथा विद्यालयलाई थर्मलगन बितरणका अवसरमा प्रदेशसभा सदस्यद्वय नेत्रविक्रम साह र विदेश्वर यादव बिक्की समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ