News Category 2077/09/20
वर्षौदेखी जिर्ण रहेको काठेपुल बिस्थापित गरि पक्की पुल निर्माण हुँदै
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ स्थित भिमा खोलामा काठेपुल बिस्थापित गरि पक्की पुलको निर्माण कार्य सोमबारदेखी सुरु भएको छ ।
राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले सो पुलको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
संघीय सरकारद्वारा प्रदेश २ सरकारमार्फत प्राप्त १ करोड ७७ लाख ४० हजार ६ सय रुँपैयाको लागतमा सो पुल निर्माण कार्य सुरु भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
शिलान्यास भएको मितिले वर्ष दिन भित्रै पुलको निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको र पूर्वाधार विकास कार्यालयद्वारा गरिएको टेन्डरबाट सोको ठेक्का धरानस्थित सूर्या एण्ड सन्स प्रालिले जिम्मा पाएको अध्यक्ष सिंहले बताए ।
पक्की पुल निर्माण कार्यले त्यस भेगका हजारौं जनता लाभान्वित हुने राष्ट्रियसभा सदस्य सिंहले बताए । भिमा खोलामा वर्षौदेखी बाँस र काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका त्यस भेगका जनता पक्की पुल निर्माण निश्चित भएपछि खुशी भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ