News Category 2077/09/20
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि छोरीपनि सोही समस्याले सिकिस्त
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
नौं वर्षअघि एचआइभी एड्सबाट राजविराज वडा नं. १ चनौरा पडरिया निवासी एक दम्पत्तिको मृत्यु पश्चात् उनका १६ वर्षिया छोरी समेत सोही समस्याले सिकिस्त बनेकी छिन् ।
सोही समस्याले गम्भिर अवस्थामा रहेकी ती दम्पत्तिको एक मात्र सन्तान १६ वर्षिया अमैया धामीलाई पुस १४ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।
बि.स. २०६८ बैशाख २ गते उनकी आमाको एचआइभी एड्सबाट मृत्यु भएको तीन दिनपछि बुबा इन्दल धामीको समेत मृत्यु भएको थियो ।
हाल अस्पतालमा भर्ना रहेकी अमैया सोही समस्याबाट गम्भिर अवस्थामा पुगेपछि आफन्तको आग्रहमा अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् ।
बाबुआमा दुबैको मृत्यु भएपछि घरमा एक्लै रहेकी अमैयालाई उनका मावलीतर्फका बृद्ध हजुरबुबा र हजुरआमाले कहिले काही आएर हेरचाह गर्ने गरेका थिए । बृद्ध अवस्थामा रहेका उनीहरुकै आग्रहमा अमैयालाई अस्पतालमा ल्याई मेडिकल वार्डको ६१ नं. बेडमा भर्ना गरिएको एचआइभी एड्स विभागमा कार्यरत स्टाफ नर्स सुनिता यादवले बताइन् ।
कोही आफन्त नआउँदा अहिले उनको हेरचाहमा उनीसँगै अस्पतालका नर्स प्रमिला चौधरी र संगिता देव दिनरात खटिरहेको यादवको भनाई छ । यस्तै अस्पतालका प्रमुख डा. झा र प्रहरी बिटका हवल्दार रामशंकर यादवले पनि व्यक्तिगत सहयोग उपलब्ध गराइरहेको उनले बताईन् ।
९स्यता अस्पतालले अमैयाको स्यहार गरिरहेपनि अवस्थामा सुधार नदेखिएका कारण धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको मेसु डा. झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ