News Category 2071/02/18
अवकाश प्राप्त कर्मचारीहरुले उपदानको रकम नपाएको भन्दै आज धर्ना बस्ने
राजविराज÷राजविराज नगरपालिका कार्यालयले अवकाश प्राप्त ९ जना कर्मचारीहरुलाई उपदानको रकम नदिएको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका छन् ।
४० वर्षसम्म कार्यगरि अनिवार्यअवकाश प्राप्त गरेको लामो समय बितिसक्दा पनि उपदानको रकम नपाएको भन्दै आइतबारदेखी उनीहरु धर्नामा बस्ने भएका छन् ।
अवकाश प्राप्त नासु कृष्णबहादुर श्रेष्ठ, खरिदार मो. हारुन अन्सारी, दमकल इन्चार्ज दुर्गा बहादुर बुढाथोकी, टाइपिस्ट जिवेनद्र झा, वि.मि. रामनारायण साह, ड्राईभर बद्री प्रसाद यादव, ब.नि. देवराज भण्डारी, खा.पा.मि. रामेश्वर यादव र खरिदार दुखी प्रसाद साहले अवकाश प्राप्त गरेपनि उपदान पाउन सकेका छैन् ।
ती कर्मचारीहरुले गत सोमबार विभिन्न ७ निकायमा ज्ञापनपत्र बुझाउँदै ५ दिनभित्र उपदान उपलब्ध नभए बाध्य भई छौठो दिनदेखी नगरपालिका कार्यालयमै धर्ना बस्ने चेतावनी दिइका छन् ।
अवकाश प्राप्त कर्मचारीहरुसँग नगरपालिकाले पटक पटक लिखित तथा मौखिक सम्झौता गरे पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै अवकाश प्राप्त जीवन यापन गर्न अत्याधिक कठिनाई भएकोले बाध्य भई आन्दोलनका कार्यक्रम गर्नुपरेको उक्त पत्रमा उल्लेख छ ।
आर्थिक वर्ष २०७०÷७१ को नगर परिषद्बाट उपदानका लागि रु. ५० लाख रकम छुट्टयाइए पनि सो रकम हालसम्म पनि अवकाश प्राप्त कर्मचारीले पाउन सकेका छैनन् । अवकाश प्राप्त ९ जना कर्मचारीले उपदान स्वरुप पाउने रकम रु. ४० लाख रुँपैया रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ