News Category 2077/09/22
सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिकास्थित रुपनी चौकमा बुधबार दिउँसो सेना चढेको गाडीले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको सेना सवार बा.१ग. १९८१ नम्बरको वानटन गाडीले स.५प. ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णासवरण गउँपालिका २ निवासी ६५ वर्षिय रामचन्द्र प्रसाद चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते भएका चौधरीलाई तत्कालै उद्दार गरि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता भुवनेश्वर साहले जानकारी दिएका छन् ।
यता ठक्कर दिने गाडी र चालक सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १७ निवासी मनिसराज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी साहले बताए ।
सूर्य दलगण बिराटनगरबाट भैरवादल गण ललितपुरका लागि ३२ जना सेनाको टोली लिएर जाँदै गर्दा सो गाडी दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ