News Category 2077/09/23

प्रहरीलाई मोटरसाइकलबाट  ठक्कर दिई फरार एक पक्राउ

दैनिक समाचारदाता

प्रहरीलाई मोटरसाइकलबाट  ठक्कर दिई फरार एक पक्राउ

दैनिक समाचारदाता
राजविराज, २३ पुस । 
    प्रहरीलाई नै मोटरसाइकलबाट ठक्कर दिई फरार एक प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १८ निवासी डम्बर नारायण चौलागाई रहेका छन् । उनलाई प्रहरीले घरबाटै पक्राउ गरि अदालत समक्ष हाजिर गराएपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।    गत मंसिर १ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा चौक नजिकै चेकजाचमा खटिएका प्रहरी सहायक निरिक्षक हिम बहादुर खतिवडालाई स.७प. २५८० नम्बरको मोटरसाइकल चढेका चौलागाइले ठक्कर दिई गम्भिर घाइते बनाई फरार भएका थिए । 
    फरार उनलाई पक्राउ गरी सवारी अङ्गभङ्ग मुद्दा चलाइएको छ । दुर्घटनामा घाइते प्रसनि खतिवडाको खुट्टा भाँचिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट