News Category 2077/09/23
चार वर्षपछि कुटपिट मुद्दामा फरार महिला पक्राउ

दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
कुटपिट मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ ।
अंगभंग घटनामा संलग्न भई फरार रहेकी सप्तरीको महदेवा गाउँपालिका १ पकरीकी ३९ वर्षिया सरातुल खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद गौतमको इजलासले आरोपित खातुनलाई २०७३ फागुन ८ गते कुटपिट अंगभंग मुद्दामा अदालतबाट चार वर्ष कैद र एक लाख ५० हजार जरिवाना तोकेपछि उनी फरार थिइन् ।
घरमै लुकिबसेको अवस्थामा बुधबार पक्राउ परेकी उनलाई अदालतमा उपस्थित गराउँदा अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेशवर साहले जानकारी दिएका छन् ।
गाउँकै मो. मुर्तुजा मिया तथा उनका परिवारको सदस्यमाथी भएको सांघतिक आक्रमणपछि प्रहरीले कुटपिट अंगभंग मुद्दा चलाएपछि अदालतले तोकेको सजाय भुक्तान नगरि फरार भएका सो घटनाका अन्य केही आरोपित व्यक्ति अझै फरार रहेको र खोजी कार्य जारि रहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ