News Category 2077/09/23
चार वर्षपछि कुटपिट मुद्दामा फरार महिला पक्राउ
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
कुटपिट मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ ।
अंगभंग घटनामा संलग्न भई फरार रहेकी सप्तरीको महदेवा गाउँपालिका १ पकरीकी ३९ वर्षिया सरातुल खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद गौतमको इजलासले आरोपित खातुनलाई २०७३ फागुन ८ गते कुटपिट अंगभंग मुद्दामा अदालतबाट चार वर्ष कैद र एक लाख ५० हजार जरिवाना तोकेपछि उनी फरार थिइन् ।
घरमै लुकिबसेको अवस्थामा बुधबार पक्राउ परेकी उनलाई अदालतमा उपस्थित गराउँदा अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेशवर साहले जानकारी दिएका छन् ।
गाउँकै मो. मुर्तुजा मिया तथा उनका परिवारको सदस्यमाथी भएको सांघतिक आक्रमणपछि प्रहरीले कुटपिट अंगभंग मुद्दा चलाएपछि अदालतले तोकेको सजाय भुक्तान नगरि फरार भएका सो घटनाका अन्य केही आरोपित व्यक्ति अझै फरार रहेको र खोजी कार्य जारि रहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ