News Category 2077/09/29
मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
जिल्लामा एउटा यस्तो सरकारी कार्यालय छ जसमा सेवाग्राहीलाई आप्mनो काम गराउन महिनौं लाग्दछ । उक्त सरकारी कार्यालय हो यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालय ।
एक सेवाग्राही गत मंसिर २३ गते देखी आफ्नो जग्गा दृष्टिबन्धक गराउन उक्त कार्यालय धाइरहेका छन् । तर, पुसको २९ गतेसम्ममा पनि उनको सो काम हुनसकेको छैन् । बैंकमा जग्गा राखेर ऋण लिनका लागि उनी झण्डै डेढ महिनादेखी मालपोत कार्यालय धाइरहेका छन् । उनको कहिले कागजात हराउने र कहिले कागजात नै अपुग भएको भन्दै कर्मचारीहरु पटक पटक थर्काउने गरेका छन् । यति मात्र नभएर दिनहुँ कुनै नयाँ नयाँ बहाना बनाएर आफूहरुलाई फर्काउने गरेको अधिकांश सेवाग्राहीहरुको गुनासो छ ।
६स् यस्तै अर्का सेवाग्राही झण्डै एक वर्षदेखी आफ्नो जग्गा नामसारी गराउन धाइरहेका छन् । उनी हुन् शम्भुनाथ नगरपालिकाका सत्यनारायण चौधरी । उनी भन्छन्– विगत एक वर्षदेखी जग्गा नामसारीका लागि धाउँदा धाउँदा हैरान छु, तर अहिलसम्म काम भएको छैन् । उनले थपे, पटक पटक यहाँका कर्मचारीले विभिन्न वहाना देखाउँदै कामै नगरि थर्काउने गरेका छन् । जग्गा नामसारी गराउन दुबै पक्षको अनिवार्य उपस्थिती आवश्यक छ । पाँच पटक दुबै पक्ष मालपोत कार्यालय आउँदा पनि जग्गा नामसारी कुनै न कुनै बहानामा टार्दै गएको गुनासो पनि चौधरीले गरेका छन् ।
बाध्य भएर संचारकर्मीको सम्पर्कमा आएका उनले मालपोत कार्यालयमा बुझाउनु पर्ने वडाको सिफारिसको ३५ दिने म्याद दुई पटक गुज्रिसकेको तथा तेश्रो पटक पुनः सिफारिसका लागि आफू दौडिरहेको दुखेसो समेत सुनाएका छन् ।
यस्तो समस्याबाट पीडित चौधरी एउटा मात्र प्रतिनिधि पात्र होइन् । यस्तो समस्याबाट सयौं सेवाग्राहीहरु पीडित रहेका छन् । मालपोतको कछुवातालले काम गर्ने शैलीबाट यहाँका सेवाग्राहीहरु निकै मारमा परेको भन्दै अविलम्ब सरल र सहज ढंगबाट सेवा प्रवाहा गर्न व्यवस्था मिलाउन स्थानियले माग गरेका छन् ।
यता मालपोत कार्यालयका एक जिम्मेवार कर्मचारीले कर्मचारीको अभावका कारण यस्तो समस्या देखिएको लाचारी सुनाएका छन् । उनले यस सन्दर्भमा सेवाग्राहीबाट गुनासो आइरहेको र यसको व्यवस्थापनका लागि आफूहरु प्रयासरत रहेको बताएका छन् ।
श्रोतका अनुसार नजराना लिई पुग्ने गरेका सेवाग्राहीहरुको काम छिटो छरितो ढंगले हुने तथा नजराना नदिने सेवाग्राहीको काम विभिन्न वहानामा कर्मचारीहरुले अड्काउने गरेको छ ।
अर्कोतिर कोरोनाको जोखिम कायर्मै रहेको अवस्थामासो कार्यालयमा स्वास्थ्य मापदण्डको कुनै पालना गरेको पाइएको छैन् । कार्यालय समयमा अत्याधिक भिडभाड हुने गरेपनि स्वास्थ्य सुरक्षा, सतर्कता तथा भिड व्यवस्थापनको कुनै व्यवस्था कार्यालय परिसरमा देखिदैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ