News Category 2077/09/29

मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान

दैनिक समाचारदाता

मालपोतमा चरम लापरवाही, सेवाग्राही हैरान

दैनिक समाचारदाता
राजविराज, २९ पुस । 
    जिल्लामा एउटा यस्तो सरकारी कार्यालय छ जसमा सेवाग्राहीलाई आप्mनो काम गराउन महिनौं लाग्दछ । उक्त सरकारी कार्यालय हो यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालय । 
    एक सेवाग्राही गत मंसिर २३ गते देखी आफ्नो जग्गा दृष्टिबन्धक गराउन उक्त कार्यालय धाइरहेका छन् । तर, पुसको २९ गतेसम्ममा पनि उनको सो काम हुनसकेको छैन् । बैंकमा जग्गा राखेर ऋण लिनका लागि उनी झण्डै डेढ महिनादेखी मालपोत कार्यालय धाइरहेका छन् । उनको कहिले कागजात हराउने र कहिले कागजात नै अपुग भएको भन्दै कर्मचारीहरु पटक पटक थर्काउने गरेका छन् । यति मात्र नभएर दिनहुँ कुनै नयाँ नयाँ बहाना बनाएर आफूहरुलाई फर्काउने गरेको अधिकांश सेवाग्राहीहरुको गुनासो छ ।
    ६स्    यस्तै अर्का सेवाग्राही झण्डै एक वर्षदेखी आफ्नो जग्गा नामसारी गराउन धाइरहेका छन् । उनी हुन् शम्भुनाथ नगरपालिकाका सत्यनारायण चौधरी । उनी भन्छन्– विगत एक वर्षदेखी जग्गा नामसारीका लागि धाउँदा धाउँदा हैरान छु, तर अहिलसम्म काम भएको छैन् । उनले थपे, पटक पटक यहाँका कर्मचारीले विभिन्न वहाना देखाउँदै कामै नगरि थर्काउने गरेका छन् । जग्गा नामसारी गराउन दुबै पक्षको अनिवार्य उपस्थिती आवश्यक छ । पाँच पटक दुबै पक्ष मालपोत कार्यालय आउँदा पनि जग्गा नामसारी कुनै न कुनै बहानामा टार्दै गएको गुनासो पनि चौधरीले गरेका छन् । 
    बाध्य भएर संचारकर्मीको सम्पर्कमा आएका उनले मालपोत कार्यालयमा बुझाउनु पर्ने वडाको सिफारिसको ३५ दिने म्याद दुई पटक गुज्रिसकेको तथा तेश्रो पटक पुनः सिफारिसका लागि आफू दौडिरहेको दुखेसो समेत सुनाएका छन् । 
    यस्तो समस्याबाट पीडित चौधरी एउटा मात्र प्रतिनिधि पात्र होइन् । यस्तो समस्याबाट सयौं सेवाग्राहीहरु पीडित रहेका छन् । मालपोतको कछुवातालले काम गर्ने शैलीबाट यहाँका सेवाग्राहीहरु निकै मारमा परेको भन्दै अविलम्ब सरल र सहज ढंगबाट सेवा प्रवाहा गर्न व्यवस्था मिलाउन स्थानियले माग गरेका छन् । 
    यता मालपोत कार्यालयका एक जिम्मेवार कर्मचारीले कर्मचारीको अभावका कारण यस्तो समस्या देखिएको लाचारी सुनाएका छन् । उनले यस सन्दर्भमा सेवाग्राहीबाट गुनासो आइरहेको र यसको व्यवस्थापनका लागि आफूहरु प्रयासरत रहेको बताएका छन् । 
    श्रोतका अनुसार नजराना लिई पुग्ने गरेका सेवाग्राहीहरुको काम छिटो छरितो ढंगले हुने तथा नजराना नदिने सेवाग्राहीको काम विभिन्न वहानामा कर्मचारीहरुले अड्काउने गरेको छ । 
    अर्कोतिर कोरोनाको जोखिम कायर्मै रहेको अवस्थामासो कार्यालयमा स्वास्थ्य मापदण्डको कुनै पालना गरेको पाइएको छैन् । कार्यालय समयमा अत्याधिक भिडभाड हुने गरेपनि स्वास्थ्य सुरक्षा, सतर्कता तथा भिड व्यवस्थापनको कुनै व्यवस्था कार्यालय परिसरमा देखिदैन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट