News Category 2077/10/01
माघे संक्रान्तिमा साधुसन्तलाई मिष्ठान भोजन एवं न्यानो कपडा बितरण
दैनिक समाचारदाता
राजविराज, १ माघ ।
माघे संक्रान्तिका अवसरमा बिहीबार राजविराजमा बिरामीलाई फलफुल तथा साधुसन्तहरुलाई मिष्ठान भोजन र न्यानो कपडा बितरण गरिएको छ ।
नेपाल अग्रवाल सभा राजविराजले बिरामीहरुलाई फलफुल तथा असहाय, अपाङ, बृद्धबृद्धा, साधुसन्त लगायतलाई मिष्ठान भोजन, न्यानो कपडा र मास्क बितरण गरेर माघे संक्रान्ति पर्व मनाएका छन् ।
अग्रवाल सभामा आवद्ध पदाधिकारी तथा यूवाहरुले करिब ५ सय जना असहायलाई मिष्ठान भोजनसहित न्यानो कपडा र मास्क बितरण गरेका हुन् ।
असहायलाई मिष्ठान भोजन गराएर न्यानो लुगा, मास्क र दक्षिणा समेत बितरण गरिएको नेपाल अग्रवाल सभाका अध्यक्ष मनोज कुमार अग्रवालले बताए ।
यसअघि सभाकै अगुवाईमा स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल तथा न्यानो लुगा समेत बितरण गरिएको छ । बितरण कार्यक्रममा सभाका निवर्तमान अध्यक्ष धनश्याम बजाज, कोषाध्यक्ष सुरेश अग्रवाल, लालु अग्रवाल, सुरेश रुङटा लगायत सहभागि थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ