News Category 2077/10/01
चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी
दैनिक समाचारदाता
राजविराज, १ माघ ।
विगत चार दिनदेखी बढेको चिसोका कारण सप्तरीको जनजिवन कष्टर बनेको छ । बिहानैदेखी वाक्लो हुस्सु र चिसो हावा चल्दा अत्याधिक चिसो बढेको हो ।
चार दिनअघि सम्म बिहान र बेलुका चिसो भएपनि दिउँसो घाम लाग्ने गरेकोमा चार दिनयता घाम लाग्न छाडेपछि अत्याधिक चिसोले जनजिवन कष्टकर बनेको छ ।
चिसोका कारण यातायतका साधनहरुमा यात्रुहरुको कमी भएको छ भने राजमार्गमा समेत यातायातका साधनहरु कम मात्रामा गुड्ने गरेको छ ।
यता चिसोले जनजिवन कष्टकर बन्दै गएपछि २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सहयोगमा बिहीबार नगरको विभिन्न ८ वटा सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
तालिम केन्द्रका डिएसपी खगेन्द्र खड्काका अनुसार सर्वसाधारणलाई न्यानो पु¥याउने उद्देश्यले राजविराजको रुपनी मोड, मलेठको नहर चौक, पुलचौक, गजेन्द्र चौक लगायतका स्थानहरुमा दाउरा बालेर प्रहरीले सामाजिक उत्तरदायित्व निर्वाह गरेको जानकारी दिएका छन् ।
मौसमलाई मध्यनजर गर्दै आगामी दिनमा पनि तालिम केन्द्रले नगरमा मात्र नभएर ग्रामिण भेगमा समेत दाउरा बाल्ने व्यवस्था मिलाउने डिएसपी खड्काले जानकारी दिए ।
यस्तै चिसोले बालबालिका तथा बृद्धबृद्धाहरु बढी प्रभावित हुन थालेका छन् । बिहानै देखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट अत्यावश्यक काम भए मात्र मानिस बाहिर निस्कने गरेका छन् ।
चिसो बढेसँगै न्यानो सिरक र न्यानो लुगाको कारोबार पनि ह््वातै बढेको सम्बद्ध व्यवसायीहरुले बताएका छन् ।
यस्तै चिसोका कारण स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका बिरामीको चाप बढेको अस्पतालका प्रमुख डा. रन्जित झाले बताए ।
यसैगरि शितलहरले गहुँ, टमाटर, आलु प्याज, लहसुन लगायतका तरकारी बालीमा पनि प्रत्यक्ष असर पारेको कृषक सत्यनारायण यादवले बताए ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ निवासी यादवले केही दिनयता निरन्तरको सितलहरले खेतमा लगाइएको आलु, टमाटर, प्याज, लहसुन र गहुँ खेतीलाई क्षति पु¥याएका बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ