News Category 2077/10/02
आँखा उपचार केन्द्रमा १८ हजारको उपचार
दैनिक समाचारदाता
राजविराज, २ माघ ।
सगरमाथा चौधरी आँखा अस्पताल उपचार केन्द्रमा १८ हजार आँखाका बिरामीहरुको उपचार भएको छ ।
राजविराज नगरपालिका वडा नं. ९ मलेठस्थित आँखा अस्पताल उपचार केन्द्रमा सन् २०२० को जनवरीदेखि डिसेम्बर सम्ममा झण्डै १८ हजार बिरामीको उपचार गरिएको कार्यालय प्रमुख रामकुमार झाले जानकारी दिएका छन् ।
कार्यालय प्रमुख झाका अनुसार उपचार सेवा पाएका मध्ये करिब २ हजार ३ सय ३१ जनामा मोतिया बिन्दुका बिरामी रहेका थिए । जसमध्ये १ हजार ७ सय ५२ जना भारतीय नागरिक समेतले उपचार पाएका छन् ।
कोभिड १९ का कारण सबै अस्पतालहरु बन्द भएको बेलामा पनि सधै संचालमा रहेको चौधरी आँखा अस्पतालमा दैनिक रुपमा स्वास्थ्य मापदण्ड अनुसार बिरामीको उपचार गरिएको प्रमुख झाको भनाई छ ।
तीस शैया रहेको अस्पतालमा हप्ताको प्रत्येक शुक्रबार मोतिया बिन्दुको शल्यक्रिया गर्ने गरिन्छ । साथै आँखाको बिरामी बढेको अवस्थामा हप्तामा दुई पटक पनि शल्यक्रिया गर्ने योजना रहेको प्रमुख झाले बताए ।
सन् २००२ मा स्थापना भएको आखा अस्पतालमा अहिले दैनिक रुपमा १ सय ५० देखि दुई सय सम्म आँखाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।
यता कोरोना माहामारीका कारण सरकारले भारतीय सीमा नाका बन्द गरेपछि उपचारका लागि अस्पताल आउने भारतीय बिरामीको संख्या यस बर्ष घटेको अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ