News Category 2077/10/04
राजविराज जेसीजको पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
राजविराज जेसीजको ४६ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह शनिबार राजविराजमा सम्पन्न भएको छ ।
आयोजित समारोहमा प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनको प्रमुखले जेसीजबाट राजनीतिकर्मीले धेरै कुरा सिक्नु पर्ने बताउँदै जेसीज आस्था र दर्शनबाट प्रभावित क्रियाशील युवाहरुको राजनीतिमा हस्तक्षेप नहुँदा मुर्ख र बेइमानहरु राजनीतिमा हावी भएको बताए ।
प्रसस्त युवाहरु क्रियाशील रहेको जेसीजलाई सहयोग गर्ने गत वर्षदेखिको इच्छा यस वर्ष पुरा गर्ने प्रतिबद्धता दोहो¥याउँदै उनले जुनसुकै राजनीतिक विचारधारा भए पनि समाजलाई समृद्ध गर्न एकजुट हुनुपर्ने बताए ।
आयोजित पदस्थापन समारोहमा अध्यक्षका रुपमा सिद्धार्थ तातेडको नेतृत्वमा नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
राजविराज जेसीज २०२० का अध्यक्ष नानीमैया कटवालको अध्यक्षता आयोजित समारोहमा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, राजविराज जेसीजको पूर्व अध्यक्ष एवम् सप्तरी उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष शंकर दास, प्रहरी नायव उपरिक्षक भुवनेश्वर साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, एकल महिला समूहकी प्रदेश २ अध्यक्ष अनीता देवकोटा, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, उदयपुर जेसीज २०२० का अध्यक्ष ललीत नायकले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष गोबिन्द सिंह, राजविराज जेसीजका पूर्व अध्यक्षहरु जगदीश अर्याल, राजेन्द्र शर्मा, कारी मण्डल, कुँवर सिंह तातेड, महेन्द्रनाथ मुन्धडा, देवेन्द्र देवकोटा, अनन्तलाल साह, मनोहर पोखरेल, दिपेन्द्रकुमार दास, मिलन सिंह, सन्तोष सिन्हा, कृष्णकुमार देव, नेपाली सेनाका क्याप्टेन आर्जन राणा, इटहरी जेसीजका पूर्व अध्यक्ष भुवन राउत, अधिवक्ता मीना देव, महिला मानवअधिकार रक्षक सञ्जालकी गीता पाण्डे, मैथिली महिला परिषदकी प्रतिमा देब, विभिन्न कार्यालय, बैंक, बित्तिय संस्थाका अध्यक्ष एवम प्रबन्धकलगायतको उपस्थिती रहेको थियो ।
राजविराज जेसीजको कार्यसमितिको कानुनी सल्लाहकारमा गणेश दास महासचिवमा राजेश मण्डल, कोषाध्यक्षमा उज्जवल काबरा, तालिम संयोजकमा अनीषा ठाकुर, व्यापार निर्देशकमा सौरभ झा, जनसम्पर्क अधिकारीमा नम्रता राज, शाखा सम्पादकमा बिप्लब आनन्द र थिम सम्पादकमा सुनितकुमार मुन्नालाई मनोनयन गरिएको घोषणा गरे ।
यसअघि निर्वाचन संयोजक संजय दासले अध्यक्षमा तातेड, कार्यकारी उपाध्यक्षहरुमा मनीष दास, रञ्जना चौधरी, सुनिलराज दास, उपाध्यक्षहरुमा पंकज देव, खेलानन्द दास, मीना साह, रबी राय, बिक्रम काबरा र रितेश यादव निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ