News Category 2077/10/04
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत

दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले मुलुकको राजनीतिक अवस्था गम्भीर मोडमा रहेका कारण सञ्चारकर्मीले यसप्रति चासो देखाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको १० औं वार्षिक साधारणसभालाई शनिबार तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ बनरझुलामा सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेका कारण संकट बढेको भन्दै चनाखो रहन सञ्चार क्षेत्रलाई आग्रह समेत गरेका हुन् ।
जनताको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षाका लागि सञ्चारकर्मीमाथि पनि जिम्मेवारी रहेको भन्दै उनले पत्रकारले पनि यस प्रकारको विकृतिका बिरुद्ध खबरदारी गर्न जरुरी रहेको उल्लेख गरे ।
मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको विकास र पत्रकारहरुको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउदै देशको अस्थिर अवस्थामा ल्याउनको लागि पत्रकारहरुको थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निम्त्याएको जटिल अवस्थालाई सही दिशामा ल्याउन अझ सशक्त रुपमा भूमिका निर्वाह गर्न संचारकर्मीहरुलाई उहाँले आग्रह समेत गर्नुभयो ।
प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि छिट्टै सञ्चार प्राधिकरण गठन र मिडिया काउन्सिल सम्बन्धि कार्य अगाडी बढाउन लागेको जानकारी दिदै प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारहरुको हकहित र उनीहरुको स्तरबृद्धि र समस्याप्रति गम्भीर रहेको उल्लेख गरे ।
सप्तरी जिल्ला आन्दोलनको ऐतिहासिक भुमि रहेको भन्दै मधेसी समुदाय उत्पीडित, पिछडीएका वर्ग, दलित, जनजाति, मुस्लिम, महिलाहरुले अधिकार प्राप्तीका लागि समय समयमा बिभिन्न आन्दोलन समेत गरेको उनले जिकिर गरे ।
प्रदेश सरकारले बेटीबचाउ बेटी पढाउँ अभियान अन्र्तगत यस आर्थिक बर्षमा कक्षा आठमा पढने छोरीहरुको लागि ३० हजार नयाँ साइकल बितरण गर्ने योजना तयारी गरिएको बताए । अगामी महिनामा साइकल बितरण गर्ने योजना रहेको बताउदै मुख्यमन्त्री राउतले कक्षा ११ र १२ मा अध्यन गर्ने छोरीहरुलाई करिब दुई हजार ल्यापटप बितरण गर्ने जानकारी पनि दिए । प्रदेश २ का आठ जिल्ला मध्ये चार ठाउँमा भने लोकसेवाको कक्षाहरु समेत संचालन गर्ने योजनाका साथ कामहरु अगाडी बढाइएको मुख्यमन्त्री राउतको भनाई छ ।
एक अर्को प्रसङ्गमा उनले सर्बोच्च अदालतले दिने निर्णय हामी सबैका लागि ग्राह्य हुने तर जुन परिस्थितिको अहिले निर्माण गरिएको छ त्यसले जनतामा आशंका उत्पन्न गराएको बताए । इतिहासमै विपी कोईरालापछि यस पटक बलियो बहुमतको सरकार बने पनि आफ्नै पार्टी भित्रको विग्रहका कारण संसद भंग गरेपछि उत्पन्न परिस्थितिले पाएको उपलब्धि पनि कतै खोसिने पो होईन भन्ने आशंका थपिएको उनले बताए ।
मुख्यमन्त्री राउतले अहिले सत्ताधारी पार्टीभित्रको विवादले जसरी संसद भंग गरिएको छ यसले भोलिका दिनमा संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता रहने हो वा होईन भन्ने आशंका थपिएको छ । जनताले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई करीब दुई तिहाई नजिकको सरकार बनाउने मौका दिएको भए पनि जनताको विश्वासमाथि यति बेला कुठाराघात भएको उनको टिप्पणी थियो ।
यस्तै कार्यक्रममा प्रदेश नं. २ का भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रेस स्वतान्त्रका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउदै पत्रकार समजको ऐनाको रुपमा रहेको भन्दै सरकारको नजर नपुगेको ठाउँमा पत्रकारहरुको नजर पुग्ने गरेको जिकिर गरे । पत्रकारिता मर्यादित पेशा भएको भन्दै समाजको परिर्वतमा हरेका अगुवाको रुपमा सकारात्मक रुपमा काम गर्न संचारकर्मीहरुलाई आग्रह पनि गरे ।
सोही कार्यक्रममा समाजिक बिकास मन्त्री नबलकिशोर साहले बर्षणी आउने बाढीले क्षतिग्रहत र डुवान हुने सप्तरीको पुर्वी भेगका जनताको समस्याका लागि प्रदेश सरकारले पनि चासो लिनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गााको अध्यक्षतामा आयोजित समारोहमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि वयवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह, प्रदेशसभा सदस्य मनिष सुमन, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, निजामति कर्मचारीहरुको आधिकारि ट्रेड युनियनका अध्यक्ष अजयकुमार झा लगायत विभिन्न अतिथिहरुले शुभकामना दिएका थिए ।
कार्यक्रममा पूर्वसभापति शिवहरि भट्टराई, व्यसशंकर उपाध्याय, विष्णु मण्डल, बैजनाथ झा, मुरली यादव, धिरेन्द्र प्रसाद साह, प्रकाश खतिवडा, शम्भु झा तथा प्रेस काउन्सीलका पूर्व सदस्य अनिल कुमार अनललाई मुख्यमन्त्री राउतले दोसल्ला तथा कदपत्रबाट सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ