News Category 2077/10/05
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने भएको छ । विपक्षिले आन्दोलनको माहोल तताइरहेका बेला सप्तरीमा नेकपाको सत्तापक्षले पनि शक्ति प्रर्दशन गर्ने भएको हो ।
नेकपा (ओली समूह) प्रदेश २ का सचिवसमेत रहेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि माघ ८ र १३ गते ठूलो सभाको आयोजना गर्ने जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा माघ ८ गते यूवा संघ नेपालका केन्द्रिय इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा राजविराजमा यूवाहरुको ¥याली तथा प्रदर्शन र प्रशिक्षण तथा १३ माघमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा विशाल आमसभाको आयोजना गर्ने तय भएको जानकारी दिए ।
सो क्रममा उनले पार्टीको अध्यक्षमा प्रचण्ड र वरिष्ठ नेतामा माधव नेपाल हालसम्म पनि कायमै रहेको जानकारी दिँदै पार्टीले कसैलाई निष्काशन नगरेको दाबी समेत गरे ।
प्रधानमन्त्री ओलीले नेपालमा अस्थिरता निम्त्याउन सक्रिय देशी र विदेशीको षडयन्त्र असफल पार्न प्रतिनिधिसभा भंग गर्न बाध्य भएको जिकिर गर्दै उनको सो कदमको बचाउ पनि गरे ।
नेता सुमनले प्रश्न जनताको नासो जनतालाई नै सुम्पिदा प्रधानमन्त्रीले चालेको कदम कसरी असंबैधानिक भयो भन्ने प्रश्न समेत गरे । उनले मुलुकमा हालसम्म ३८ वटा प्रधानमन्त्री भइसकेपनि राष्ट्रियता र जनताको हितका लागि ३७ वटा प्रधानमन्त्रीले गर्न नसकेका कामहरु अहिले प्रधानमन्त्री ओलीले गरेर देखाइदिएको दाबी पनि गरे ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला प्रवक्ता सुखराम यादवले माघ १३ गतेको आमसभामा उपप्रधानमन्त्री पोखरेलका साथै सहरी विकास मन्त्री प्रभु साह, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सचिव सुमन प्याकुरेल र रघुबिर महासेठ समेत सहभागि हुने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ