News Category 2077/10/06
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
सप्तरीको दुई वटा पालिका जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेको छ ।
जिल्लाको कंचनरुप नगरपालिका र तिरहुत् गाउँपालिका जोड्ने सुन्दरी खोलामा पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र परेको हो ।
आ.ब. २०७१÷०७२ देखी पुल निर्माण कार्य सुरु गरि आ.ब. २०७३÷०७४ मा सम्पन्न गरिसक्नु पर्नेमा हालसम्म पनि सो कार्य पुरा हुनसकेको छैन् ।
सडक डिभिजन लहान कार्यलाय सिरहामार्फत ठेक्का पाएका निल गिरी कन्स्ट्रक्सनले तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर, सात बर्षमा पनि पुल निर्माण गर्न सकेका छैन् ।
पुल निर्माण कार्य सम्पन्न नहुँदा बाढीको समयमा स्थानियलाई जोखिमपूर्ण तरिकाले खोला तर्नु पर्ने समस्या हुने गरेको छ ।
बरमझिया र कंचनपुरबाट पश्चिम भएर तिरहुत गाउँपालिकातर्फ जाने बाटोमा पर्ने सुन्दरीखोलामा पुल निर्माण नहुदा तिरहुतको पिपराही, गोइठी, मैनाकडेरी र धनपुरी गाउँका करिब दुई हजार ५ सय जनतालाई कंचनपुर बजार आवतजावत गर्न समस्या हुने गरेको स्थानियबासी मुकेश यादवले बताएका छन् ।
यस्तै बिरामी परेको बेला खोलापार गर्न स्थानियलाई निकै कठिनाई हुने गरेको तथा यस विषयमा पटक पटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि कुनै सुनुवाई हुन नसकेको स्थानिय गोपाल गुप्ताले गुनासो गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ