News Category 2077/10/07
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार भएको बताएका छन् ।
असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारि कदम खारेजको माग गर्दै जसपाले बुधबार राजविराजमा आयोजना गरेको जनप्रदर्शन एवं बिरोध कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताउँदै सो असंबैधानिक कदम नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने उल्लखे गरे ।
आफूहरुले संविधान विभेदकारी रहेको भन्दै आन्दोलन गरेको बेला गोली ठोकेर संविधान जारि गर्ने मतियार मध्येका एक प्रधानमन्त्री रहेकाले अहिले संविधान कुल्चिनुले संविधानमा त्रृटी कमजोरी रहेको प्रमाणित भएको उनको भनाई छ ।
अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता परिवर्तनका उपलब्धी बिरुद्ध रहेका भन्ने कुरा उनीद्वारा संविधान मिचेर जननिर्वाचित संसद भंग गर्नुले प्रमाणित भएको जिकिर समेत उनले गरे ।

प्राप्त उपलब्धीको जगेर्ना गर्दै थप अधिकारका लागि संघर्षरत रहनु अहिलेको आवश्यकता हो भन्दै उनले पाएको अधिकारको पहिले जगेर्ना गर्नुपर्छ बाकी अधिकारका लागि लडाई जारि रहने उदघोष समेत गरे ।
यस्तै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान उल्घंन गरेर प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिन पुगेको बताएका छन् । आन्दोलनबाटै सरकारलाई ठीक पार्नुको विकल्प नरहेको उनको भनाई छ ।
चार वर्षअघि सप्तरीको मलेठमा ओलीकै आमसभामा पाँच जना मधेशीको सहादत भएको भन्दै उनले प्रधानमन्त्री पहिला मानव हत्यारा थिए अहिले संविधानको समेत हत्यारा बन्न पुगेको बताए । मधेशी, आदिवासी, सिमांकृत वर्गको असहमति रहदा रहदै ओली लगायतकै जोडबलमा संविधान लागु गरिएको भन्दै उनले अहिले ओलीद्वारा नै संविधानको हत्या समेत भएको उल्लेख गरे ।
मुलुकको समस्या प्रतिनिधिसभा पुर्नस्थापना र निर्वाचनबाट मात्र सम्भव नभई संविधानमै संशोधन गर्न जरुरी रहेको बताउँदै नेता महतोले अब ओली सरकारलाई पतन गराएर मात्र त्यो सम्भव हुने अवस्था आएको जिकिर गरे ।
बिरोधसभा अघि गाउँ गाउँबाट आएका हजारौंको संख्यामा नेता कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी कदम मुर्दावादका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
बृहत बिरोधसभालाई जसपाका कार्यकारिणी सदस्य रेणु यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, प्रदेशसभा सदस्य मनिष सुमन लगायतले सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ