News Category 2077/10/08
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सप्तरीमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
तीन जना चढेर साथीको बिवाहमा जाँदै गर्दा जिल्लाको खडक नगरपालिका ११ स्थित हुलाकी राजमार्गको बनौली सडकखण्डमा प्रदेश २–०१–००१–प.६१४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा भएको हो ।
सो दुर्घटनामा मोटरसाइकल चालक सोही वडा निवासी २१ वर्षिय शिवेन्द्र साह र २५ वर्षिय अरबिन्द यादव रहेका छन् भने मोटरसाइकलमा सवार अर्का यूवा २० वर्षिय सुनिल चौधरी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइते चौधरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ भने मृतक दुबैको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको पहरीले जनाएको छ ।
यता तीन जना सवार मोटरसाइकल तिब्रगतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ