News Category 2077/10/08
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर

दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सप्तरीमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
तीन जना चढेर साथीको बिवाहमा जाँदै गर्दा जिल्लाको खडक नगरपालिका ११ स्थित हुलाकी राजमार्गको बनौली सडकखण्डमा प्रदेश २–०१–००१–प.६१४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा भएको हो ।
सो दुर्घटनामा मोटरसाइकल चालक सोही वडा निवासी २१ वर्षिय शिवेन्द्र साह र २५ वर्षिय अरबिन्द यादव रहेका छन् भने मोटरसाइकलमा सवार अर्का यूवा २० वर्षिय सुनिल चौधरी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइते चौधरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ भने मृतक दुबैको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको पहरीले जनाएको छ ।
यता तीन जना सवार मोटरसाइकल तिब्रगतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ