News Category 2077/10/08
मधेशको विकासका लागि प्रधानमन्त्री चिन्तित ः यूवा संघका इन्चार्ज बस्नेत
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली मधेशको विकासका लागि सबै भन्दा बढी चिन्तित रहने गरेको बताएका छन् ।
बिहीबार सत्तापक्षिय नेकपा राष्ट्रिय यूवा संघ नेपालद्वारा राजविराजमा मोटरसाइकल ¥याली, यूवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको बिरोध गरेर मधेशको विकास सम्भव नहुने समेत बताए ।
मधेशको विकासका लागि बढी चिन्तित रहने प्रधानमन्त्रीको बिरोध हुनुको पछाडी कुनै तुक नरहने प्रष्ट पार्दै उनले प्रधानमन्त्री मधेशप्रेमी व्यक्तित्व रहेकाले नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी रहेको जिकिर गरे ।
नेता बस्नेतले मधेशबाट प्रधानमन्त्री समक्ष जाने डेलिकेशनमा सामूहिक विकास भन्दा पनि व्यक्तिगत कामको कुरा बढी हुने गरेको भन्दै यस्तो तरिकाले मधेशको विकास नहुने उल्लेख गरे ।
मधेशका सबै नेताहरुप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले आफूहरुले मधेशमा कार्यक्रम गर्दा कुनै बाधा अवरोध बिना शान्तिपूर्वक गर्न पाउने अपेक्षा पनि राखे । आयोजित कार्यक्रममा यूवा संघका अध्यक्ष रमेश पौडेल, केन्द्रिय सदस्य देवानन्द महतो, संजिव झालगायतले पनि बालेका थिए ।
यसअघि सुरुमा जिल्ला समन्वय समितिको सभाहलमा निर्धारित कार्यक्रम प्रचण्ड नेपाल समूहको बिरोधका कारण राजरंगशालामा सारिएको थियो । यता कार्यक्रमस्थल वरिपरि प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको थियो भने स्थानिय प्रशासनले ड्रोन क्यामरामार्फत कार्यक्रमको सुरक्षा निगरानी गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ