News Category 2077/10/09
शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित शनिदेव सामुदायिक बन उपभोक्ता समिती र बन कार्यालयले बन अतिक्रमण गरि बनाईएको घरटहरा भत्काएको छ ।
बन अतिक्रमण गरि घर टहरा बनाएको भन्दै पर्यटक क्षेत्र शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहराहरु डिभिजन वन कार्यालय सप्तरीले भत्काएको हो ।
डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका बन कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले मन्दिर संरक्षणका लागि बाबा र पुजारी बस्ने घर भत्किएको त्यहाँका भक्तजनहरुले जानकारी दिएका छन ।
शनीदेव धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास हुँदै गएको रहेको बेला शनिदेव प्रती पुर्वग्राह राख्ने केही ब्याक्तीको उक्साहटमा बाबा र पुजारी बस्ने घर भत्काएर दुःख दिएको पुजारी भुपेन्द्र यादवले आरोप लगाएका छन् । शनि देवलाई बदनाम गर्ने केही उच्श्रृखंल ब्याक्तीको पछाडी लागेर घरटहरा हटाउन समिती र बनकार्यालयको मिलोमतो रहेको पुजारी यादवको भनाई छ ।
वन समितिका पदाधिकारीले शनि मन्दिरबाट आएको आम्दानी हालसम्म बाँडिचुडी खादै आएको र आफुले मन्दिर बिकासमा लगाउनु पर्छ भनेपछि बाबा बस्न बनाएको घर भत्काईदिएको उनको आरोप छ ।
२०६३ सालमा शिव शनिधाम मन्दिर बिकासका लागि स्थानीय निकायको सिफारिसमा स्थानीय प्रशासनबाट अनुमति प्राप्त गरेको जानकारी गराउदै अतिक्रमको नाममा शनिदेव भक्तहरुलाई दुख दिन नमिल्ने यस्तो कार्य गरेको पुजारी यादवले गुनासो गरे ।
डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका प्रमुख सहायक बन अधिकृत रामअशिस यादवले डिभिजन बन कार्यालयको पत्राचार अनुसार सामुदायिक बनका आग्रहमा बन अतिक्रमण हटाउन कर्मचारी खटाएको स्वीकारेका छन् । बन अतिक्रमण गरि धेरै घरटहरा बनाएपनि एउटा मात्र टहरा भत्काएर बन कर्मचारी सहितको बन समिति फिर्ता भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ