News Category 2077/10/09
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
शुक्रबारसम्ममा सप्तरी जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।
दुई जनाको पिसिआर रिपोर्ट शुक्रबार नेगेटिभ आएपछि जिल्लामा एकजना पनि संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो समयमा जिल्लाभरि १३ वटा क्वारेन्टाइन र ७ वटा संस्थागत आइसोलेशन रहेकोमा आशंकित र संक्रमितहरु एउटै पनि बाकी नरहदा ती सबै आइसोलेशन र क्वारेन्टाइन खाली भएको छ ।
जिल्लामा हालसम्म २१ हजार १ सय ६८ जनाको स्वाब परिक्षण गरिएकोमा १९ हजार ३ सय ९९ नेगेटिभ तथा १ हजार ८ सय ३० जना पोजेटिभ आएको र ती मध्येका ४१ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ