News Category 2077/10/10
गज्जु बाबुले पु¥याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय ः जसपा नेता महतो
राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी, आदिवासी, जनजाती, मुश्लिम, सिमान्कृत वर्ग लगायतको अधिकार र पहिचानका लागि ज्यानको बाजी लगाउँदै गजेन्द्र नारायण सिंहले मधेशी राजनीतिमा पु¥याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय रहेको बताएका छन् ।
तत्कालिन नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथिको अवसरमा शनिबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा नेता महतोले सो कुरा बताएका हुन् ।
जिल्ला समन्वय समिति सप्तरीको परिसर भित्र नवनिर्मित गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रको उद्घाटन गर्दै नेता महतोले मधेशी र पिछडिएका समुदायका अधिकारका लागि स्व. सिंहले पु¥याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।
मधेशका प्रणेता समेत भनिने स्व. सिंहको पुण्यतिथिको अवसरमा उनको शालिकमा माल्यार्पण, उनका सहर्मीहरुलाई सम्मान तथा मञ्चीय कार्यक्रम गरेर उनको राजनीतिक योगदानको सम्झना गर्दै १९ औं पुण्यतिथी मनाइएको छ ।
कार्यक्रममा स्व. सिंहका सहकर्मी हरेकृष्ण प्रसाद सिंह, राजेन्द्र यादव, चन्द्रशेखर झा, बेचन यादव, खुशिलाल मण्डल, शैलेश चौधरी लगायत तीन दर्जन भन्दा बढी व्यक्तित्वहरुलाई प्रमुख अतिथि महतोले दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका छन् ।
केन्द्रका जिल्ला अध्यक्ष प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्यद्वय मृगेन्द्र कुमार सिंह यादव, शेखर सिंह, प्रदेशसभा सदस्य मनिष सुमन, विदेश्वर यादव, नेत्रबिक्रम साह, विघटित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, जसपा नेता केशव झा, अध्ययन केन्द्रका केन्द्रिय अध्यक्ष अनिल महासेठ, केन्द्रिय सदस्य दिनेश यादव लगायतले पनि सम्बोधन गर्दै स्व. सिंहको राजनीतिक योगदानको चर्चा गरेका थिए ।
जसपा नेता निरज मुक्तिद्वारा संचालित कार्यक्रममा स्वागत गित तथा नृत्य स्थानिय कलाकर लक्की झा तथा मैथिली साहित्यकार देवेन्द्र मिश्रले कविता वाचन मार्फत स्व. सिंहको योगदान बारे चर्चा गरेका थिए ।
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका तत्कालिन नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथि दिवस शनिबार मधेशका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ