News Category 2077/10/11
लागु औषधसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका ८ निवासी २३ वर्षिय देवनारायण खंग र सोही नगरपालिका ४ बस्ने ३० वर्षिय सन्तोष खडका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ हनुमाननगरबाट तिलाठी भन्सार सडक खण्डमा प्रहरी टोलीले चेकजाच गर्ने क्रममा खंगका साथबाट डाइलेक्स २ बोतल, लिजेसिस इन्जेक्सन १५ एम्पुल, डाइजेपाम इन्जेक्सन २० एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन २५ एमजीको २१ एम्पुल र स्पास्मो प्रोक्सभोम प्लस २४ क्याप्सुल लगायतका लागु औषध बरामद भएको हो ।
लागु औषध बरामद भएपछि प्रहरीले सोधपुछ गर्दा खंगले सोही नगरपालिका ४ निवासी सन्तोष खड्काले भारतको कुनौली भन्सारबाट ल्याउन लगाएको जानकारी दिएपछि प्रहरीले सोही क्षेत्रमा खोजतलास गर्दा खडका समेतलाई पक्राउ गरेको जनाएको छ ।
साथै प्रहरीले भन्सार सडक खण्डमा रहेको स.९प. १८२८ नं.को मोटरसाईकल समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ