News Category 2077/10/11
लागु औषधसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका ८ निवासी २३ वर्षिय देवनारायण खंग र सोही नगरपालिका ४ बस्ने ३० वर्षिय सन्तोष खडका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ हनुमाननगरबाट तिलाठी भन्सार सडक खण्डमा प्रहरी टोलीले चेकजाच गर्ने क्रममा खंगका साथबाट डाइलेक्स २ बोतल, लिजेसिस इन्जेक्सन १५ एम्पुल, डाइजेपाम इन्जेक्सन २० एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन २५ एमजीको २१ एम्पुल र स्पास्मो प्रोक्सभोम प्लस २४ क्याप्सुल लगायतका लागु औषध बरामद भएको हो ।
लागु औषध बरामद भएपछि प्रहरीले सोधपुछ गर्दा खंगले सोही नगरपालिका ४ निवासी सन्तोष खड्काले भारतको कुनौली भन्सारबाट ल्याउन लगाएको जानकारी दिएपछि प्रहरीले सोही क्षेत्रमा खोजतलास गर्दा खडका समेतलाई पक्राउ गरेको जनाएको छ ।
साथै प्रहरीले भन्सार सडक खण्डमा रहेको स.९प. १८२८ नं.को मोटरसाईकल समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ