News Category 2077/10/13
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान
दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्धमा उत्रेका प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।
नेकपा सप्तरी (ओली समूह) द्वारा मंगलबार सप्तरी सदरमुकाम राजविराजस्थित राजरंगशालामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो आह्वान गर्नुभएको हो ।
पार्टी फुटाउन प्रयास गरेका प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री ओलीमाथी लगाइएको निराधार आरोप फिर्ता लिएर आगामी निर्वाचनमा मिलेर जान तयार भए समस्याको निकास निस्किन सक्ने समेत उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले हालै गरेको निर्णयबाट प्रथम अध्यक्ष केपी ओली, द्वितीय अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल रहेको पार्टी नै आधिकारीक हुने उल्लेख रहेको भन्दै उहाँले आफूहरुको पार्टीले नै चुनाव चिन्ह सूर्य छाप पाउने तथा निर्वाचनमा उम्मेदवारीका लागि केपी ओलीद्वारा हस्ताक्षरित पत्र नै आधिकारीक हुने दाबी गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपालले उक्त सल्लाह नमाने उहाँहरुको भविष्य पनि सुनिश्चित नहुने समेत उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाको गत निर्वाचनमा केपी ओलीको नाममा भोट मागेको र विकास तथा समृद्धिको प्रतिबद्धता गरेकोमा दुई वर्ष नपुग्दै प्रधानमन्त्रीलाई धक्का मारेर हटाउने षडयन्त्रमा प्रचण्ड लागेको उहाँको आरोप थियो ।

मैथिली भाषामा सम्बोधन गर्नुहुँदै उहाँले राजविराजमा वरिष्ठ गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको नाममा स्थापना हुने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास प्रधानमन्त्री ओलीबाटै चाडै हुने जानकारी पनि दिनुभयो ।
यसैगरि राजविराज औद्योगिक क्षेत्रको स्तरोन्तरीका लागि पनि सरकारले तयारी गरिरहेको भन्दै उहाँले कोरोनाका कारण लामो समयदेखी बन्द रहेको नाकाहरु समेत छिट्टै सूचारु गर्ने मन्त्रीपरिषदले निर्णय समेत गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड पद बिना एक मिनेट पनि बाच्न नसक्ने स्वभावका रहेको भन्दै सत्ता र पदकै लागि पार्टी फुटाउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो । प्रचण्ड जी ३० वर्षदेखी नियमित पदमै बसिरहेको मानिस हुनुहुन्छ र अहिले पनि पद र सत्ताकै लागि पार्टीमा भाडभौलो मचाउनु भएको उहाँले आरोप लगाउनुभयो ।
नेकपा सप्तरी (ओली समूह) का संयोजक ताराकान्त चौधरीको अध्यक्षतमा आयोजित बृह भेलालाई कानु मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सचिवालय सदस्य रघुबिर महासेठ, केन्द्रिय सदस्य सुखराम यादव, रन्जु ठाकुर, ज्वाला साह लगायतले पनि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गर्नुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका दुई दर्जन नेता कार्यकर्तालाई प्रमुख अतिथि पोखरेलले फुलमाला अविर लगाई स्वागत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ