News Category 2077/10/15
भाडामा रहेको वडा कार्यालय आफ्नै भवन
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
राजविराज नगरपालिका वडा नं. ७ को कार्यालय बिहीबार आफ्नै भवनमा सरेको छ । ४० लाखको लागतमा निर्माण गरिएको ५ कोठे सुविधा सम्पन्न वडा कार्यालयको नगरप्रमुख शम्भुप्रसाद यादवले उद्घाटन गरेका छन् ।
सभा कक्षसहितको ५ कोठे भवनको वडा कार्यालय संचालनले सेवाग्राहीहरुलाई सहज र सरल ढंगले सेवा प्रदान हुने बताउँदै नगरप्रमुख यादवले अनावश्यक खर्च घटाउनका लागि सबै वडा कार्यालयहरुका लागि क्रमिक रुपमा आफ्नै भवन निर्माण गरिदै लगिने नीति बनाइएको जानकारी समेत दिए ।
वडा अध्यक्ष माँगिलाल नाईको अध्यक्षतामा आयोजित समारोहमा उपप्रमुख साधना झा, प्रमुख प्रसाकीय अधिकृत मदनबहादुर थापा, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, नागरिक समाजका अध्यक्ष थानसिंह भंसालीलगायतले पनि शुभकामना दिँदै नवनिर्मित कार्यालय भवनबाट वडावासीले सहज र सरल ढंगलबाट सेवाप्राप्त गर्ने विश्वास व्यक्त गरे ।
१६ वटा वडा रहेको राजविराज नगरपालिकामा तीन वटा वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भई संचालनमा आइसकेको छ भने चार वटाको निर्माण कार्य सम्पन्न भई छिट्टै संचालनमा आउने तयारी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ