News Category 2077/10/15
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
कोशी पूर्णिमाको अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदहस्थित कोशी ब्यारेजमा बिहीबार बिहानैदेखिस्नान र मेला भर्नेहरुको घुइचो लागेको छ ।
अत्याधिक चिसोको मौसमका बाबजुद कोशी ब्यारेजमा कोशी स्नान तथा मेला भर्न आउनेहरुको ठूलै घुइचो लागेको थियो । बिहानैदेखि बयलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकल, अन्य साना तथा ठूला सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नान गर्नका लागि आउनेहरुको घुइचो लागेको हो ।
पौष शुक्ल पूर्णिमाको तिथिमा लाग्ने एक दिने पुसि पुर्णिमा मेलामा नेपालका साथै भारतका हजारौं श्रद्धालुहरुको उपस्थिति रहेको थियो । यस तिथिमा कोशी स्नान गर्दा गंगा स्नान सरह पूण्य मिल्ने र पाप मोचन हुने जनविश्वासका साथ श्रद्धालुहरु स्नानका लागि आउने गर्दछन् ।
कोशी ब्यारेज आसपास क्षेत्रका समेत नरनारीको हजारौंको संख्यामा उपस्थिति रहेको थियो । घरका आवश्यक सरसामान तथा कृषि कार्यमा आवश्यक पर्ने सामानहरुको विशेष आकर्षण रहने गरेको यस मेलामा सबै वर्गका मानिसको उपस्थिति रहने गर्दछ । यसका साथै कोशी स्नान गरेर दही, च्युरा, जिलेबी तथा अन्य मिठाईहरु लगायतका सात्विक भोजन गर्ने परम्परा रहेको छ ।
कृषि मेलाको रुपमा समेत प्रचीत मानिएको यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीका लागि पनि यहाँ कृषि क्षेत्रमा काम गर्ने कृषकसहित सर्वसाधरण मेला गर्न आउने गरेको पाइन्छ ।
कोशी व्यारेज बाहेक सप्तरीको हनुमाननगर, ईटहरी विष्णुपुर, मेगजीन चुरीया, पथरी, झनकट्टा, मलकोर लगायतका स्थानहरुमा समेत भव्य मेला लागेको थियो ।
ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ्ग, भारतको बिहार राज्य अन्र्तगत पुर्णिया, मधुवनी, फारबिसगञ्ज, अररिया लगायतका स्थानहरुबाट कोशी स्नान गर्न आउने गरेको भएपनि कोरोना माहामारीका कारण नेपाल–भारत सिमानाका बन्द भएका कारण यसपालि भारतीयहरु उपस्थिति न्युन थियो ।
यता कोशी मेला भर्नकै लागि हनुमाननगर कंकालिनी नगरपालिकाले बिहीबार एक दिनका लागि सार्वजनिक विदा समेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ