News Category 2077/10/17
पुराना नेता तथा समाजसेवी अमृतलाल रहेनन्
राजविराज÷राजविराज नगरपालिका वडा नं. १ चनौरा पडरिया निवासी समाजसेवी अमृतलाल चौधरीको निधन भएको छ ।
केही समययता प्रोस्टेट रोगले बिरामी परेका ९० वर्षीय चौधरीको शनिबार बिहान आफ्नै निवासमा निधन भएको हो ।
सो वडाका अध्यक्ष रहेका उनका कान्छा छोरा चन्द्रशेखर चौधरीका अनुसार बिहान ४ बजेतिर उनको आफ्नै निवासमा निधन भएको हो ।
उनी तत्कालिन गाउँ फर्क राष्ट्रिय अभियानका संयोजक, किसान संगठनका केन्द्रिय अध्यक्ष, जिल्ला पंचायतका सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष समेत रहेका थिए ।
पंचायतकालमा लामो समयसम्म विभिन्न पदमा रही विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध भई समाजसेवा गर्दै आएका चौधरीका दुई छोरा र एक छोरी छन् ।
यसअघि उनको पार्थिव शरीर राप्रपाका जिल्ला सहअध्यक्ष बिनोद कुमार पाण्डेयले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका थिए ।
घरमा परम्परागत संस्कार सकेपछि उनको शवयात्रा चनौरा पडरियास्थित फुलवारीमा पुगेपछि जेठा छोरा अरुणले पार्थिव शरीरमा दागवत्ति दिएका थिए ।
राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले उनको निधनले विकास र सामाजिक सद्भाव चाहने सबैलाई क्षति भएको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ