News Category 2077/10/19
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
शिक्षा क्षेत्रलाई गुनस्तर बनाउने उद्देश्यले सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ७ मा रहेको एउटा बिद्यालयमा सबल नेपालले मर्मत सम्भार र रंगरोगनको कार्य सम्पन्न गरेको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयेजनामा गत बर्ष सन् २०२० मा त्यहाँ रहेका राष्ट्रिय आधारभुत बिद्यालय पोखरीया बसनपटीमा मर्मत सम्भार सहित पुरै बिद्यलयमा रंगरोगन सम्पन्न गरेको हो ।
साथै बालबिकाससहित ७ वटा कक्षा कोठाहरुमा समेत प्लाष्टर तथा ढालानको कार्य सम्पन्न गरि मर्मत सम्भार गरिएको सबल नेपालका शिक्षा फिल्ड अधिकृत निरबहादुर आलेले जानकारी दिएका छन् ।
उक्त बिद्यालयमा ७ लाख ५० हजार खर्च गरि बिद्यालयमा अपाङ मैत्री भ¥याङ, ३ वटा शौचालयको मर्मत सम्भार र रंगरोगनका साथै कक्षा कोठा ब्यवस्थापनका लागि बालबिकाशदेखि कक्षा ३ सम्म समेत मर्मत सम्भार गरिएको उनले बताए ।
बालबिकाससहित कक्षा १ देखि ७ सम्म पुरै बिद्यालयमा रंगरोगन गरि बिद्यालय ब्यवस्थित गरिएपछि अहिले बिद्यार्थीहरु पढन आउदा खुशी भएको बिद्यालयका प्रअ उग्रनारायण चौधरीले बताए ।
मर्मत सम्भारका कारण जीर्ण बन्दै गइरहेको बिद्यालयमा सबल नेपालले आफनो लगानी गरि मर्मत सम्भार गर्दा आफुहरु समेत खुशी भएको बताउदै ४ जनाको दरबन्दी रहेको बिद्यालयमा अहिले ३ जना शिक्षकले काम गरि रहेको बिद्यालयका प्रअ चौधरीको भनाई छ ।
गत बर्ष शिक्षक उपेन्द्र चौधरी अवकाशपछि सो बिद्यालयमा एउटा दरबन्दी खाली भएको थियो । बालबिकास केन्द्रसहित कक्षा १ देखि ७ सम्म रहेको बिद्यालयमा जम्मा २०० बिद्यार्थी रहेका छन् । तीन वटा बालबिकस केन्द्रमा भने ३ जना महिला शिक्षिका समेत कार्यरत रहेको बिद्यालयले जनाएको छ ।
सो बिद्यालयमा यसअघि बिभिन्न कार्यक्रमको आयोजना गरि शिक्षकहरुको लागि एकिकृत पाठेयक्रम सम्बन्धी तालिम समेत दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ