News Category 2077/10/19
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
शिक्षा क्षेत्रलाई गुनस्तर बनाउने उद्देश्यले सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ७ मा रहेको एउटा बिद्यालयमा सबल नेपालले मर्मत सम्भार र रंगरोगनको कार्य सम्पन्न गरेको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयेजनामा गत बर्ष सन् २०२० मा त्यहाँ रहेका राष्ट्रिय आधारभुत बिद्यालय पोखरीया बसनपटीमा मर्मत सम्भार सहित पुरै बिद्यलयमा रंगरोगन सम्पन्न गरेको हो ।
साथै बालबिकाससहित ७ वटा कक्षा कोठाहरुमा समेत प्लाष्टर तथा ढालानको कार्य सम्पन्न गरि मर्मत सम्भार गरिएको सबल नेपालका शिक्षा फिल्ड अधिकृत निरबहादुर आलेले जानकारी दिएका छन् ।
उक्त बिद्यालयमा ७ लाख ५० हजार खर्च गरि बिद्यालयमा अपाङ मैत्री भ¥याङ, ३ वटा शौचालयको मर्मत सम्भार र रंगरोगनका साथै कक्षा कोठा ब्यवस्थापनका लागि बालबिकाशदेखि कक्षा ३ सम्म समेत मर्मत सम्भार गरिएको उनले बताए ।
बालबिकाससहित कक्षा १ देखि ७ सम्म पुरै बिद्यालयमा रंगरोगन गरि बिद्यालय ब्यवस्थित गरिएपछि अहिले बिद्यार्थीहरु पढन आउदा खुशी भएको बिद्यालयका प्रअ उग्रनारायण चौधरीले बताए ।
मर्मत सम्भारका कारण जीर्ण बन्दै गइरहेको बिद्यालयमा सबल नेपालले आफनो लगानी गरि मर्मत सम्भार गर्दा आफुहरु समेत खुशी भएको बताउदै ४ जनाको दरबन्दी रहेको बिद्यालयमा अहिले ३ जना शिक्षकले काम गरि रहेको बिद्यालयका प्रअ चौधरीको भनाई छ ।
गत बर्ष शिक्षक उपेन्द्र चौधरी अवकाशपछि सो बिद्यालयमा एउटा दरबन्दी खाली भएको थियो । बालबिकास केन्द्रसहित कक्षा १ देखि ७ सम्म रहेको बिद्यालयमा जम्मा २०० बिद्यार्थी रहेका छन् । तीन वटा बालबिकस केन्द्रमा भने ३ जना महिला शिक्षिका समेत कार्यरत रहेको बिद्यालयले जनाएको छ ।
सो बिद्यालयमा यसअघि बिभिन्न कार्यक्रमको आयोजना गरि शिक्षकहरुको लागि एकिकृत पाठेयक्रम सम्बन्धी तालिम समेत दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ