News Category 2077/10/20
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ

दैनिक समाचारदाता
राजविराज, २० माघ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य महेन्द्र मण्डल बनवारी मोटरसाईकल दुर्घटनामा परि घाईते भएका छन ।
गत आईतवार जमुनीमधेपुराबाट राजबिराज आउने क्रममा मोटरसाईकलबाट लडेर उनी घाइते भएका हुन् । सो दुर्घटनामा परी उनको टाउको, खुट्टा र हातमा गम्भीर चोट लागेको छ ।
अहिले उनको छिन्मस्ता अस्पतालमा उपचार भईरहेको छ । उपचारमा संलग्न चिकित्सकले टाउको सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको जानकारी दिएका छन् ।
टाउको जमेको रगत दुई चार दिनमा ठिक हुने चिकित्सकलाई उद्धृत गर्दै बनवारीका भतिज रूपेश मण्डलले जानकारी दिए ।
सोमबार अस्पतालमा भर्ना भएका बनवारीको स्वास्थ अबस्था हाल समान्य रहेको छ । उनी अहिले बोलचाल समेत गरिरहेको नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादबले बताए ।
बनवारीको स्वास्थ्य अवस्था बुझ्न मंगलबार पत्रकार महासंघ सप्तरीका सहसचिव यादबसहित जिल्ला सदस्य भूषण सिँह, भुपेन्द्र मण्डल लगायत अस्पताल पुगेका थिए ।
यता सोही अस्पतालमा उपचार भईरहेका नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य प्रेम श्रेष्ठको अबस्था गम्भीर रहेको छ ।
श्रेष्ठको छिन्मस्ता अस्पतालमा प्रोस्टेडको अपरेशन भएपनि स्वास्थ अबस्था सुधार नभएपछि उनलाई थप उपचारका लागि बिराटनगर लगिएको परिवारजनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ