News Category 2077/10/21
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह सडक खण्डमा बुधबार बिहान बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.२५.प ५७१२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को.१ज. ३१९९ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका ८ बस्ने ३७ वर्षिय भिम राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले ठक्कर दिने गाडी र चालक धनकुट्टाको पाखरीवास नगरपालिका ४ बस्ने ३९ वर्षिय तोर्न निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको बताए । मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ