News Category 2071/02/22
१८ राजनीतिक दलले विभिन्न योजनाहरुको अनुगमन गर्ने रकम फ्रिज हुन नदिन आग्रह
दैनिक संवाददाता
राजविराज, २१ जेठ ।
सप्तरीका विभिन्न १८ वटा दलहरुको बुधबार सम्पन्न बैठकले जिल्लाको विभिन्न विकासीय कार्यालयहरुको योजनाको अनगमन, विद्युत अनियमितता सम्बन्धी विभिन्न निर्णय गरेको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलद्वारा जारि गरिएको विज्ञप्तिमा जिल्लाको विभिन्न गाविसको निकासामा विभिन्न अवरोधहरु भइरहेको जनगुनासो आइरहेको हुँदा त्यस्ता गाविसहरुले माग गरेबमोजिको निकासा अविलम्ब दिन आग्रह गरिएको छ ।
त्यसैगरि जिल्ला विकास समिति अन्तरगतको योजनाहरु तथा अन्य कार्यक्रमहरुको प्रतिलिपि दिन तथा सबै राजनीतिक दल तथा सरोकारवालाहरुलाई योजना अनुगमन र सुपरिवेक्षण गर्नका जिविस सप्तरीसँग माग गरिएको छ । त्यसैगरि गाविस सचिव तथा जिविस सप्तरीको लापरवाहीका कारण बजेट फ्रिज भएमा त्यसको सम्पूर्ण जवाफदेही सम्बन्धीत निकायले स्वयम हुने जनाइएको छ ।
त्यस्तै सो बैठकले जिल्लाको सम्पूर्ण विकासिय कार्यालयको चालु आ.व.मा संचालन भइरहेको योजनाहरु के कहाँ संचालन भइरहेको बारे जानकारी राजनीतिक दलहरुलाई दिन आग्रह गरिएको छ ।
त्यसैगरि जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा प्रत्येक महिनाको कम्तिमा एक पटक सर्वदलिय बैठक विगतमा हुने गरेकोमा हाल केही महिनादेखी बैठक नबसेकोमा यथासिघ्र बैठक बोलाउन माग गरिएको छ । त्यसैगरि विद्युत प्राधिकरणले लोडसेडिङको तालिका अनुसार जिल्ला भरिका गाविसहरुमा विद्युत दिनुपर्नेमा विद्युत अवरुद्ध भएको प्रति ध्यानाकर्षण गर्दै त्यसलाई अविलम्ब सूचारु नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ