News Category 2077/10/21
डेढ वर्षअघि वेपत्ता भएकी महिलाको कंकाल फेला
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
डेढ वर्षअघि हराएकी एक महिलाको बुधबार कंकाल फेला परेको छ । सप्तरीको राजगढ गाउँपालिका १ झुटकीकी ७५ वर्षिया राशोदेवी पण्डितको कंकाल फेला परेको हो ।
बुधबार दिउँसो १ बजेतिर पोखरी जिर्णोधार गर्ने क्रममा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वेपत्ता पण्डितको कंकाल भेटिएको खबर फैलिएपछि उक्त पोखरी किनारमा गाउँलेको भिड लागेको थियो ।
घरदेखी तीन सय मिटर टाढा रहेको सार्वजनिक ठाडी पोखरी जिर्णोद्वारमा खटिएका मजदुरहरुले उनको शव सडेगलेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले कंकालमा भेटिएको लुगा र दातको आधारमा उनको आफन्तले सनाखत गरेपछि हराएकी महिला पण्डितको नै शव भएको पुष्टि भएको बताए ।
उनका पति धनई तथा छोरा बुहारीले सनाखत गरेपछि सदगतका लागि जिम्मा लगाई यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानसिक सन्तुलन गुमाएकी पण्डित २०७६ साल साउन ३० गते देखी नै वेपत्ता भएकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ