News Category 2077/10/23
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र व्यवसायको विकासका लागि अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरीको पर्यटकीय स्थल कंचनरुप नगरपालिका वडा नं. ११ स्थित डेगंरीबाट पर्यटन क्षेत्र र व्यवसायलाई उकास्ने उद्देश्यले प्रदेश २ स्तरिय अभियान शुक्रबारदेखी सप्तरीबाट सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड तथा आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २ को संयुक्त आयोजनामा कोरोना महामारीका कारण संकटमा परेका पर्यटन क्षेत्र र व्यवसायीलाई अकास्न सो अभियान सुरु गरिएको हो ।
प्रदेश २ स्तरिय परिचयात्मक भ्रमण कार्यक्रम नाम दिइएको सो अभियानको सुरुवात गर्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पर्यटन क्षेत्रको अवस्था सुधारका लागि प्रदशे सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
होटल पर्यटन व्यवसाय तथा सरोकारवालाको उलेख्य सहभागितामा सुरु भएको कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले पर्यटकीय स्थलको पहिचान गरि उक्त स्थलहरुलाई बेहुली झैं सिंगारिन सके मात्र पर्यटकीय क्षेत्र र त्यससँग आवद्ध व्यवसायको विकास सम्भव हुने उल्लेख गरे ।
सोही क्रममा नेपाल पर्यटन बोर्डका अधिकृत सागर श्रेष्ठले सप्तरीबाट सुरु भएको अभियान प्रदेश २ का ८ वटै जिल्लामा पुग्ने जानकारी दिदै अभियानमा सम्मिलत टोली ८ वटै जिल्लाको पर्यटकीय स्थलमा पुगि पर्यटकीय स्थलको भ्रमण, वृत्तचित्र निर्माण र प्रचारप्रसारमा खट्ने कार्यक्रम तय रहेको बताए ।
आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २ का सहसंयोजक विष्णु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा भ्रमण टोलीका संयोजक मोहन शर्मा लामिछाने, सदस्य शैलेश चौधरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव लगायतले पनि बोल्दै पर्यटन क्षेत्र र यसमा आवद्ध व्यवसायको विकास र संरक्षणका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ